माल्दिभ्सका राष्ट्रपतिद्वारा मे १० सम्म भारतीय सेनाले देश छाडने उद्घोष

२०८० माघ २४ गते, बुधबार


काठमाडौँ । माल्दिभ्सका राष्ट्रपतिले मार्च १० मा भारतीय सेनाको पहिलो टोलीले देश छाडने जानकारी गराएका छन् । राष्ट्रपति चुनाव जितेपछि पहिलो पटक राष्ट्रपति मोहम्मद मुइज्जुले संसदमा भाषण दिदैँ सो जानकारी गराएका हुन् । उनका अनुसार भारतीय सैनिकले मे १० सम्ममा माल्दिभ्स छोड्ने बताएका छन् । यति मात्र होइन, उनले आफ्नो भारत विरोधी अडान दोहोर्‍याए र देशले आफ्नो सार्वभौमसत्तामा कुनै पनि बाह्य हस्तक्षेप हुन नदिनेसमेत बताएका छन् । सम्बोधनका क्रममा मुइज्जुले भने कि भारत र माल्दिभ्सले मे १० सम्ममा भारतीय सैनिकहरू आफ्नो देश फर्कने सहमतिसमेत गरेका छन्। उनले मार्च १० सम्ममा ३ उड्डयन प्लेटफर्ममध्ये १ छाड्ने छन् भने उनी बाँकी २ प्लेटफर्मबाट मे १० सम्म भारतीय सैनिक फिर्ता हुनेछन । – एजेन्सी

प्रतिक्रियाहरु