अरब सागरमा फसेका भारतीयको उद्धार

२०८० माघ २३ गते, मंगलवार


काठमाडौँ । पाकिस्तानी नौसेना र समुद्री सुरक्षा एजेन्सीका अधिकारीहरूले अरब सागरको खुला समुद्रमा फसेका नौ भारतीय नागरिकहरूलाई उद्धार गरेको जनाएका छन् । अधिकारीका अनुसार भारतीय नागरिकहरू खुला समुद्रमा २४ घण्टासम्म डुंगामा फसेका थिए । पाकिस्तानी सुरक्षा एजेन्सीहरू घटनास्थलमा पुगी सफल उद्धार अभियान सञ्चालन गरेको सेनाको सञ्चार शाखा इन्टर–सर्भिस पब्लिक रिलेसन्स (आइएसपीआर)ले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । फसेका मानिसहरूको बारेमा जानकारी पाएपछि खोजी र उद्धार अभियान सुरु गरिएको पाकिस्तानी नौसेनाका अधिकारीहरूले डुंगामा देखिएको प्राविधिक समस्याहरू समाधान गरी उद्धार गरेको आइएसपीआरले जनाएको छ ।
पाकिस्तानी उद्धार टोलीले प्रभावित भारतीय नागरिकलाई चिकित्सकीय सहयोगका साथै संकटग्रस्त डुंगाको सुरक्षा समेत सुनिश्चित गरेको बताएको छ । – एजेन्सी

प्रतिक्रियाहरु