प्रवास

चीनमा पहिरो : ३९ जनाको मृत्यु

काठमाडौँ । चीनको दक्षिणपश्चिम क्षेत्रमा बिहीबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ । सो पहिरामा परी अझै पाँच जना बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन । युनान प्रान्तको उत्तरपूर्वी भागमा रहेको लिआङ्सुई गाउँमा यो विपद् आएको हो । चिसो तापक्रम र हिमपातको बीचमा खोजी र उद्धार कार्य जारी राखिएको छ । […]

२०८० माघ १२ गते, शुक्रबार

चीनमा आगलागी: ३९ जनाको मृत्यु

काठमाडौँ । चीनको जियाङ्सी प्रान्तको एउटा पसलमा आगलागी हुँदा ३९ जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । घाइते भएकाहरुको उपचार भइरहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । भवनको तल्लो तल्लाबाट आगलागी शुरु भएको र अझै केही मानिस आगलागीमा फसेका बीबीसीको खबरमा उल्लेख छ । आगलागी पछि चिनियाँ राष्ट्रपति सी जिनपिङले विज्ञप्ति […]

२०८० माघ ११ गते, बिहीबार

चीनद्वारा १ वर्षमा १ करोड २० लाख बढी रोजगारी सिर्जना

काठमाडौँ । चीनले सन् २०२३ मा आफ्नो सहरी क्षेत्रमा १ करोड २० लाखभन्दा धेरै रोजगारी सिर्जना गरेको छ । गएको वर्ष कुल गार्हस्थ्य उत्पादनमा ५ दशमलव २ प्रतिशतले बढेको चीनमा १ करोड २० लाख रोजगारी सृजना भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सन् २०२३ मा ३० करोड युआनभन्दा बढी केन्द्रीय र स्थानीय सरकारको […]

२०८० माघ १० गते, बुधबार

रुसि सेनामा कार्यरत नेपाली युवाद्वारा नेपाल कम्युनिष्ट पार्टीप्रती अगाध बिश्वास व्यक्त

काठमाडौँ । रुसि सेनामा कार्यरत एक नेपाली युवाले नेपाल कम्युनिष्ट पार्टीप्रती अगाध बिश्वास व्यक्त गरेका छन्। दाङको घोराही निवासी नेकपाको नगर कमिटीको हैसियतमा काम गरेका युवा भिम सीले रोजगारीको शिलशिलमा आफू रुस पुगेपनी पार्टीप्रती अगाध बिश्वास रहेको बताएका छन् । उनले एक भिडियो सन्देश जारी गर्दै बाध्यताले टाढा भएपनी आफ्नो मन मुटुमा नेपाल कम्युनिस्ट पार्टी […]

२०८० माघ १० गते, बुधबार

चीनमा ७.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा मङ्गलवार बिहान २ बजेर ९ मिनेटमा ७.१ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । २२ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र ४१.२६ डिग्री उत्तर अक्षांश र ७८.६३ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ । मुख्य भूकम्पपछि ५.३ म्याग्निच्युडको […]

२०८० माघ ९ गते, मंगलवार

रुसमा मारिएका नेपालीका परिवारले क्षतिपूर्ति पाउने

काठमाडौँ । रुसले युक्रेन युद्धमा मारिएका नेपालीको परिवारलाई क्षतिपूर्ति दिने संकेत गरेको छ । मस्कोस्थित नेपाली राजदुतावास र रुसी अधिकारीहरुबिच लगातार भएको संवादपछि रुस क्षतिपूर्ति दिने विषयमा सहमत भएको बताइएको छ । यद्यपी नेपाल सरकार वा रुसी पक्षले यसबारे आधिकारिक जानकारी गराएका छैनन् । रुसी सेनाको नियमअनुसार लडाइमा मरिएका अन्य सैनिकजस्तै नेपालीलाई पनि क्षतीपूर्ति रकम […]

२०८० माघ ८ गते, सोमबार

डुंगा पल्टिँदा १६ जनाको मृत्यु

काठमाडौँ । भारतको गुजरातमा एउटा डुंगा डुब्दा १६ जनाको मृत्यु भएको छ । गुजरातको बदोदरामा रहेको हर्नी तालमा भएको दूर्घटनामा १४ जना विद्यार्थी र दुई शिक्षकको ज्यान गएको हो । पाँच जना बालबालिकालाई भने जिवितै उद्धार गरिएको छ । विद्यालयबाट पिकनिक गएको समुह डुंगा दुर्घटनामा परेको हो । क्षमताभन्दा बढी यात्रु बोकेको तथा याुत्रहरुलाई लाइफ […]

२०८० माघ ५ गते, शुक्रबार

रुसी सेनामा भर्ती भएका साजन गुरुङको मृत्यु

काठमाडौँ । रुसी सेनामा भर्ती भएका लमजुङ दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिएका छन । लमजुङको दुधपोखरी गाउँपालिका वाईसीएलका अध्यक्ष गुरुङ पारिवारिक स्थितिका कारण रुसी सेनामा भर्ती भएका थिए । पूर्वी लमजुङको गोर्खासँग सीमा जोडिएको दुधपोखरी गाउँपालिका जनयुद्धकालदेखि नै माओवादी प्रभावित […]

२०८० माघ २ गते, मंगलवार

रुसी सेनामा कार्यरत सुनारको मृत्यु

काठमाडौँ । रुसी सेनामा कार्यरत प्युठान नगरपालिका वडा नं. ४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको छ । सोनुसँगै रहेका र अहिले घाइते भएका एक जना नेपालीले उनको मृत्युको खबर दिएका थिए । नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले सुनारप्रति श्रदाञ्जली दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘रसियन सेनामा आवद्ध प्युठान नगरपालिका वडा नं. ४ काठेवर निवासी सोनु […]

२०८० पुष २७ गते, शुक्रबार

बंगलादेशको प्रधानमन्त्रीमा शेख हसिना निर्वाचित

काठमाडौँ । बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद चौथौ कार्यकालका लागि निर्वाचित भएकी छन । बंगलादेशमा आइतबार सम्पन्न भएको आम निर्वाचनमा वाजेदको अवामी लिग पार्टीले ३ सय सिटमध्ये कम्तिमा १ सय ५२ सिटमा जीत हासिल गरेको हो । प्रमुख विपक्षी बंगलादेश नेशनलिष्ट पार्टीले बहिष्कार गरेको चुनावलाई सो पार्टीले ठगीको संज्ञा दिएको छ । आमनिर्वाचनमा ४० प्रतिशत […]

२०८० पुष २३ गते, सोमबार