न्यायिक इतिहासमा कालो दिन: बारन्यायिक इतिहासमा कालो दिन: बार

२०६९ चैत्र १ गते, बिहीबार

काठमाडौं । नेपाल बार एशोशियसनले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्षमा नियुक्त गरिएकोमा खेद व्यक्त गर्दै आजको दिनलाई कालो दिनको रुपमा घोषणा गरेको छ । बारको आकस्मिक बैठकले आजको दिनलाई न्यायिक इतिहासमा कालो दिनको रुपमा सदैव स्मरण गर्ने निर्णय गरेको हो ।‘बैठकले सीमित दलका सीमित नेताहरुले मुलुकलाई प्रतिगमनतर्फ लगेको ठहर समेत गरेको छ’ । बार एशोशियशनले पदबाट तत्काल राजीनामा गर्न रेग्मीसित माग पनि गरेको छ । न्यायिक निर्णय र प्रकृयलाई नपर्खीकन असंवैधानिक ढंगले चुनावी सरकारको नेतृत्व गरेको भन्दै बारले रेग्मीबाट संविधान संरक्षण हुन नसक्ने ठहर समेत गरेको छ ।दलहरुको असंवैधानिक निर्णय स्वीकार गरेको भन्दै बारले राष्ट्रपति डा. रामवरण यादवप्रति पनि दुःख प्रकट गरेको छ । प्रधानन्यायाधीशको नेतृत्वबारे पहिलेदेखि नै असहमति जनाउँदै आएको बारले शुक्रबारको बैठकबाट थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएको छ ।

प्रतिक्रियाहरु