न्यायाधीश सिफारिसमा बारको आपत्ति

२०७१ बैशाख १० गते, बुधबार


काठमाडौ, १० बैशाख । नेपाल बार एसोसिएसनले न्यायपरिषदले सर्वोच्च अदालतका लागि सिफारिस गरेका आठजना न्यायाधिश गैरकानुनी रुपमा सिफारिस भएको भन्दै आपत्ति जनाएको छ ।न्यायापरिषदले गरेको सिफारिस समावेसी र समानुपातिक नभएको र कानुन ब्यावसायीहरुलाई पूर्णरुपले उपेक्षा गरिएको बारको भनाइ छ ।
नेपाल बारका कोषध्यक्ष मोहन ईङनामले न्यायपरिषदको निर्णय गलत भएको बताए ।उनले न्यायपरिषदले गरेको सिफारिसका बिषयमा आजै बारको कार्यसमिति बैठक ठाकिएको जानकारी दिए । ईङनामले यसको बिरोधमा के कस्ता बिरोधका कार्यक्रम राख्ने भन्ने बिषयमा आजको बैठकले निर्णय गर्ने बताए ।

प्रतिक्रियाहरु