सर्वहारा अन्तर्राष्ट्रियतावादको महत्व

२०८० जेष्ठ १४ गते, आईतवार

“विश्वका मजदुरहरु हो, एक होऔं”

“सर्वहारावर्गका सामु जिते संसार, हारे हत्कडी”

                 – कार्ल माक्र्स

 विश्व मानव समुदायको विकसितरुप अन्तर्राष्ट्रियतावाला हो । राष्ट्रियतालाई खदिलो तुल्याउँदै सर्वहारावर्गको संगठि राजनीतिक अग्रदस्ता कम्युनिस्ट पार्टीको नेतृत्वमा स्थापित गरिने वैज्ञानिक समाजवाद र साम्यवादको विकासप्रक्रियासँगै अन्तर्राष्ट्रियतावादको विकास हुन्छ । सर्वहारा वर्गको स्वरुप अन्तर्राष्ट्रिय भएकोले सर्वहारा मानवतावाद सर्वहारा अन्तर्राष्ट्रियतावादमा आधारित रहेको छ । मानव जातिको सामाजिक विकासको यात्रा आदिम साम्यवाददेखि भविष्यको वैज्ञानिक साम्यवादसम्म उन्मुख रहेको छ । यसको विकासको यात्रा जारी छ । अन्तर्राष्ट्रियतावाद राष्ट्रवादविपरीतको विचार हो । यसले कुनै राष्ट्रको सिमालाई मान्दैन । किनकि अन्तर्राष्ट्रियतावाद मजदुर वर्ग तथा उसको पार्टीको विचारधारा र नीतिको आधारभूत सिद्धान्त हो । वैज्ञानिक साम्यवादका सिद्धान्तकार कार्ल माक्र्स ( २८१८– १८८३) र उहाँका अनन्य मित्र फ्रेडरिक एंगेल्स ( १८२० – २८९५ ) ले सन १८४८ मा लण्डनबाट विश्व कम्युनिस्ट आन्दोलनको पहिलो कम्युनिस्ट पार्टी “कम्युनिस्ट लिग” को तर्फबाट विश्वविख्यात “कम्युनिस्ट घोषणापत्र” जारी गर्नुभयो । त्यो नै अन्तर्राष्ट्रिय सर्वहारा वर्गको मुक्तिको सिद्धान्त बन्यो । उक्त कम्युनिस्ट घोषणापत्र जारी गर्ने क्रममा माक्र्सले उद्घोष गर्नु भयो, “विश्वका सर्वहारा हो, एक होऔं” यो नै विश्व सर्वहारा वर्गको अन्तर्राष्ट्रिय नारा हो । यस नाराले संसारभर फैलिएका सर्वहारा अर्थात् श्रमजीवी मजदुर वर्गको अन्तर्राष्ट्रिय भाईचारा कायम गर्ने बलियो हतियार बन्यो । यो नारालाई विश्वभरका सर्वहाराहरुले घन्काउन थाले । यही नाराले नै विश्वभरका सर्वहारा श्रमजीवी वर्गलाई अन्तर्राष्ट्रिय रुपमा एकताबद्ध गर्ने सैद्धान्तिक हतियार उपलब्ध गरायो । यसैले त कम्युनिस्ट तथा कम्युनिस्ट पार्टीलाई अन्तर्राष्ट्रियतावादी पार्टी भनिन्छ ।

माक्र्स – एंगेल्सले मानव समाजमा वर्ग रहेसम्म वर्गीय शोषण, उत्पीडन, अन्याय अत्याचार, लुट खसौट, काटमार, झैझगडा, भ्रष्टाचार, तस्करी, अनैतिकता कायमै रहने र मान्छेले व्यक्तिगत स्वार्थ पूर्ति गर्नका लागि जस्तोसुकै अपराध (हाल नेपालमा पैसाका लागि राज्यकै तर्फबाट नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अर्थात् अनागरिक बनाएर विश्वको तेस्रो राष्ट्रमा बेच्ने राजद्रोह तथा संगठित अपराध), गर्न समेत पछि नपर्ने भएकोले वर्गविहिन, राज्यविहिन वैज्ञानिक साम्यवादको परिकल्पना गर्नु भएको हो ।

पेरिस कम्युन हुँदै सन १९१७ मा सम्पन्न महान् रुसी अक्टोबर समाजवादी क्रान्तिले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा ठूलो प्रभाव मात्रै पारेन ठूलो उथलपुथल नै ल्याई दियो । पूर्वी युरोपका २० औं देशहरूमा सोभियत मोडलको समाजवाद लागू गरियो । पूर्वी जर्मनी र अफगानिस्तानमा पनि सोभियत मोडलको समाजवाद लागू गरियो । भारत, चीन, भियतनाम, उत्तर कोरिय । कम्वोडिया लावस, इटली, फिलिपिन्स, हंगेरी, डेनमार्क, नेदरल्यान्ड, जापान, बंगलादेश, नेपाल लगायत विश्वका दर्जनौं देशहरूमा कम्युनिस्ट पार्टीहरु निर्माण गरिए । त्यसपछि कोरिया, भियतनाम, चीन, कम्वोडिया, क्वुवा आदि देशहरुमा नयाँ जनवादी तथा समाजवादी क्रान्तिहरु सम्पन्न गरिए । पेरु, नेपालमा दशौं वर्षसम्म सशस्त्र जनयुद्ध सञ्चालन गरिए । यद्यपि रुस, चीन, भियतनाम आदि देशहरूमा प्रतिक्रान्ति भएको र पेरु, नेपाल जस्ता देशहरूमा क्रान्तिकाले सेडव्याक खाएको भए पनि विश्व सर्वहारा क्रान्ति जारी छ र विश्व क्रान्तिको विजय अवश्यम्भावी छ ।

यसैले विभिन्न देशका सर्वहारा श्रमिक जनताद्वारा पुँजीवादका विरुद्ध सामाजिक तथा राष्ट्रिय मुक्तिका ल, वैज्ञानिक समाजवाद तथा साम्यवादको निर्माणका लागि गरिएको संघर्षमा उनीहरूको ऐक्यबद्धता कायम हुने गर्दछ । कम्युनिस्ट घोषणापत्र मा नै संसारभरिका मजदुरहरु हो, एक होआौं भन्ने नारा लेखिएको पनि यसैले गर्दा हो । चीन, कोरिया, भियतनामका क्रान्तिको समयमा शक्तिशाली सोभियत रुसले आर्थिक, भौतिक, हतियार तथा सैन्य सहयोग समेत गरेको थियो । अन्तर्राष्ट्रियतावादको आधार सर्वहारा वर्गको हित र उनीहरूको संघर्षको अन्तिम लक्ष्य समान हुन्छ । उनीहरूका प्रतिनिधि कुनै राज्यका निवासी भए पनि फरक पर्दैन, सबैको दृष्टिकोण अन्तर्राष्ट्रियतावाद हुन्छ । उदाहरणका रुपमा रोज लगजमेवर्ग र चे ग्वेभारालाई लिन सकिन्छ । रोज लक्जम्वर्ग पोल्यान्डकि नागरिक हुनुहुन्थ्यो, जर्मन कम्युनिस्ट पार्टीको सदस्य हुनुहुन्थ्यो र उहाले महान् रुसी अक्टोबर समाजवादी क्रान्तिमा सक्रिय रुपले भाग लिनुभएको थियो । त्यस्तै चे ग्वेभारा अर्जेन्टिनाको नागरिक हुनुहुन्थ्यो । पेसाले उहाँ मेडिकल डाक्टर हुनुहुन्थ्यो र महान् क्वुवाली क्रान्तिको नायक हुनुहुन्थ्यो । क्वुवाली क्रान्तिको सफलता पश्चात् क्वुवाको नागरिकता लिएर शिक्षा मन्त्री बन्नु भएको थियो । तर उहाँले क्वुवाको नागरिकता त्यागेर विश्व क्रान्तिलाई अगाडि बढाउने ध्येयले चे वोलिभियामा क्रान्तिलाई अगाडि बढाइरहेको अवस्थामा सन १९६७ मा अमेरिकी सिआइएको सहयोगमा वोलिभियामा हत्या गरिएको थियो । यसरी उहाँ अन्तर्राष्ट्रिय सहिद बन्नु भएको थियो । भारतीय एक चिकित्सक चिनियाँ क्रान्तिलाई सहयोग गर्न चीन जानु भएको थियो, उहाँ सन १९३२ मा चीन मै सहिद हुनुभएको थियो । सन् १९५० – १९५३ को कोरियान युद्धमा रुस र चीनले कोरियालाई ठूलो सहयोग गरेका थिए, कमरेड माओ त्सेतुङको जेठो छोरा माओ यनिङ को कोरियन युद्धमै मृत्यु भएको थियो र उनी सहित हजारौं चिनियाँ नागरिकहरु कोरियन युद्धमा सहिद भएका थिए ।

अन्तर्राष्ट्रियतावादको उद्भव अन्तर्राष्ट्रिय साम्यवादी आन्दोलनको प्रारम्भिक अवस्थामा अर्थात् माक्र्सवाद ( सन् १८४८) को उदयसँगै भएको थियो र आरम्भमा यो अन्तर्राष्ट्रियतावाद मजदुरको मानसिकतामा सामाजिक अनुभूति र अन्तर्राष्ट्रिय एकताको नाराको रुपमा प्रतिबिम्बित भएको थियोे । वैज्ञानिक साम्यवादले अन्तर्राष्ट्रियतावादलाई सैद्धान्तिक आधार प्रदान गरेको हो । विश्वविख्यात कम्युनिस्ट घोषणापत्र (१८४८) र अन्य रचनाहरुमा माक्र्स र एंगेल्सले पुँजीवादका विरुद्ध संघर्षमा विभिन्न देशका मजदुरहरुको एकताको वस्तुगत आवश्यकतालाई जोड दिइएको पाइन्छ । त्यसो भएर नै सन १८६४ कार्ल । माक्र्स स्वयंको अध्यक्षतामा प्रथम अन्तर्राष्ट्रिय ९ँष्चकत क्ष्लतभचलबतष्यलब०ि को निर्माण गर्नुभएको थियो । त्यसको १८७२ मा विघटन गरिएकोले माक्र्सको निधन (१८८३) पश्चात् सन १८८९ मा फ्रेडरिग एंगेल्सको नेतृत्वमा दोस्रो अन्तर्राष्ट्रियको निर्माण गरिएको थियो । वैचारिक समस्याका कारण (सन् १९१४) यसको पनि विघटन हुन पुगेकाले यसको आवश्यकतालाई महसुुस गरेर सन १९१९ लेनिन आफ्नै नेतृत्वमा तेस्रो अन्तर्राष्ट्रिय ९त्जष्चम क्ष्लतभचलबतष्यलब०ि को निर्माण गर्नु भएको थियो । सन १८४३ दोस्रो विश्वयुद्धका बेला यसको पनि स्टालिनद्वारा विघटन गरिएको थियो । सन १९४७ मा स्टालिनले अन्तर्राष्ट्रिय सूचना व्यूरोको गठन गर्नुभएको थियो तर त्यसलाई मान्न चीन तयार नभए पछि त्यो उपयोगमा आएन ।

सन् १९५६ मा सोभियत रुसमा प्रतिक्रान्ति र सन् १९७६ मा चीनमा प्रतिक्रान्ति मै पुँजीवादको पुनस्र्थापना भए पनि विश्व कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय बिहीन हुन पुगेको थियो । तर, सन् १९८४ विश्वका क्रान्तिकारी माओवादी पार्टीहरुले क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम) च्भखगबितष्यलबचष् ष्लतभचलबतष्यलब िmयखझभलत ९च्ष्m० को गठन गरेका थिए । वैचारिक समस्याका कारण आज रिमको विघटन भइसकेको छ र आज विश्व कम्युनिस्ट आन्दोलन आफ्नो अन्तर्राष्ट्रियविहीन अवस्थामा छ । र नेपाल, भारत, फिलिपिन्स, अफगानिस्तान, टर्की, बेल्जियम, नेदरल्यान्ड, भेनेजुयलालगायतका क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टीहरुले नयाँ अन्तर्राष्ट्रियको निर्माणको लागि पहल गरिरहेको अवस्था छ ।

तसर्थ यसमा अन्तर्राष्ट्रियतावादको आधारभूत सिद्धान्त प्रतिपादन भएको छ । अन्तर्राष्ट्रियतावादको सिद्धान्तको तात्पर्य अन्तर्राष्ट्रिय पुँजीपति वर्गका विरुद्ध संघर्षमा विभिन्न देशका मजदुर वर्गको पारस्परिक सहयोग समस्त राष्ट्रको समानताको मान्यता, एक राष्ट्रद्वारा अर्को राष्ट्रमाथि उत्पीडनप्रतिको विरोध हो । यसले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय हितलाई विलय गर्ने परिकल्पना गर्दछ । अन्तर्राष्ट्रियतावादले जहिले पनि बुर्जुवा राष्ट्रवाद, महाशक्तिवादी अन्धराष्ट्रवाद, जातिवाद तथा उपनिवेशवादी विचारधाराको विरोध गर्दछ । अन्तर्राष्ट्रियतावाद आधारभूत रुपमा विश्ववादको पनि विरोधी हो । यो विश्ववादले तटस्थताको खेलमा राष्ट्रिय राजनीतिक असमानता, साम्राज्यवादी प्रभुत्व तथा उत्पीडनलाई ढाकछोप गर्ने भएकोले अन्तर्राष्ट्रियतावादले यसको विरोध गर्दछ ।

अन्तर्राष्ट्रियतावादलाई व्यवहारिक रुप दिने प्रयास पहिलोचोटि लेनिन – स्टालिनको समयमा सोभियत संघले गरेको थियो । सोभियत संघमा जातियताको समस्या समाधान गरी बहुजातिय राष्ट्रको निर्माण गर्ने प्रयास गरिएको थियो । लेनिनले “सर्वहारा अन्तर्राष्ट्रियतवाद” नामक गहन कृति लेख्नु भएको छ ।

अन्तर्राष्ट्रियतावादले मानिसलाई अन्तर्राष्ट्रियकरण गरी अन्तर्राष्ट्रिय बनाउने चेष्टा गर्दछ । यसो हुँदाहुँदै पनि अन्तर्राष्ट्रियतावाद वैज्ञानिक समाजवादी देशभक्तिसँग अटुट रुपले जोडिएको हुन्छ । अन्तर्राष्ट्रियतावाद सोभियत संघमा समाजवाद स्थापना भए पछि विकसित भएको थियो भन्ने मानिन्छ । कुनै पनि देशको क्रान्ति विश्वक्रान्तिकारी प्रक्रियाको अभिन्न अंग भएको हुनाले एउटा देशका सत्ताधारी हुन वा संघर्षरत, एक दोस्रोप्रतिको नैतिक, भौतिक सहयोग गर्नुपर्ने कर्तव्यलाई अन्तर्राष्ट्रियतावादको आधारभूत सिद्धान्त मानिएको छ अथवा कुनै पनि देशको न्यायपूर्ण संघर्ष एवं मुक्ति आन्दोलनको समर्थन गर्नु पनि अन्तर्राष्ट्रियतावादले आफ्नो दायित्व ठान्दछ ।

आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । विश्वसर्वहारा क्रान्तिले मात्र विश्व साम्राज्यवादलाई परास्त गरेर साम्यवादका सिद्धान्तकार दार्शनिक कार्ल माक्र्सले परिकल्पना गर्नुभएको वर्गविहीन राज्यविहीन वैज्ञानिक साम्यवादको निर्माण गर्न सकिन्छ । त्यसो भएर नै माक्र्सवाद – लेनिनवाद – माओवादको आलोक र पथप्रदर्शनमा सञ्चालन गरिने नयाँ अन्तर्राष्ट्रियको निर्माण गर्न अनिवार्य सर्त बन्न पुगेको । क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा विश्वसर्वहारा वर्गले यो युगीन कार्यभार पुरा गर्नै पर्ने आजको अपरिहार्य आवश्यकता बन्न पुगेको छ ।

(लेखक ः वरिष्ठ माक्र्सवादी लेखक तथा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।)

प्रतिक्रियाहरु