एमालेको चितवन कुम्भमेला : बदनाम र नांगिएको इज्जत जोगाउने कसरत

२०७८ मंसिर १० गते, शुक्रबार
हस्तबहादुर केसी
                                

आज २०७८ साल मंसिर १० गते । आजकै दिन चितवनमा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को दशौं महाधिवेशनको उध्दघाटन हुँदैछ । सो महाधिवेशनको उध्दघाटन पार्टी अध्यक्ष केपी ओलीले गर्ने भएका छन् महाधिवेशन ३ दिन सम्म चल्ने बताइएको छ । त्यस महाधिवेशनमा ५ लाख जनता उतार्ने एमालेले हल्ला गरिरहेको छ । एमालेले पहिले यो महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेको थियो । तर पछि नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) अध्यक्ष पुष्पकमल दाहाल ” प्रचण्ड ” को घर चितवनमै भएकोले एमालेले प्रचण्डलाई देखाई दिनका लागि चितवनमा यो महाधिवेशन सारेको हो र त्यो कुरा स्वयं केपी ओली लगायत एमालेजनहरुले खुलासा गरिरहेका छन् ।
नेकपा ( माओवादी केन्द्र ) अध्यक्ष पुष्पकमल दाहाल ” प्रचण्ड ” केपी ओलीका दुश्मन हुन् । किनभने प्रचण्डले एमालेकै वरिष्ठ नेताहरु – माधवकुमार नेपाल , झलनाथ खनाल लगायतका नेताहरुलाई आफ्नो हातमा लिएर नेपालमा घाम – जुन रहेसम्म झण्डै दुई तिहाईको सरकार चलाइरहने केपी ओलीको गुलियो सपनासहितको महल सिशा फुटे झै झारमझुरम पारिदिएका थिए । माधवकुमार नेपालको समूहले पनि केपी ओलीको झण्डै दुई तिहाइको संसारकै पहिलो भ्रष्ट सरकारको ती ठाउँमा हड्डी भाँचिदिएका थिए । काँग्रेस त प्रचण्डको साधन मात्रै बनेको थियो तर सच्चा हतियार त माधवकुमार नेपालहरु नै थिए । त्यसैले पनि ओली प्रचण्ड – माधवकुमार नेपालहरुप्रति खनिका छन् ।
हामी माक्र्सवादी तथा क्रान्तिकारी कम्युनिस्टहरूले आज आएर एमालेका बारेमा दार्शनिक रुपले , सैधान्तिक रुपले धेरै भन्नू केही छैन । किनभने हामीले एमालेलाई आज मात्र चिनेको होइन । यसलाई उहिल्यै चिनेको हो , जब एमालेले जनताको बहुदलीय जनवाद नामक पुँजीवादी संसदवादी रणनीतिक कार्यदिशालाई आफ्नो मार्गदर्शक सिधेदान्त बनाउँदै दलाल पुँजीपतिहरुको , संसदवादीहरुको झण्डा हल्लाउँदै नेपालक‍ो संसद भित्र छिर्यो र माक्र्सवाद – लेनिनवादको झण्डालाई बागमती नदिमा कगाउँदै दलाल पुँजीवादको झण्डा हल्लाउँदै दक्षिणपन्थी संशोधनवादको बाटो हुँदै प्रतिक्रियावादी बाटो समात्यो र प्रतिक्रियावादी सत्ता चलाउन थाल्यो र पजेरोवादी , महलवादीमा परिवर्तन भयो , त्यतिबेला देखि नै एमालेलाई चिनिसकेको कुरा हो । तर एमालेले कम्युनिस्ट पार्टीको खोल ओढेर नेपाली जनतालाई झुक्याउँदै र ढाँट्दै आएकोले धेरै आजसम्म पनि एमालेलाई कम्युनिस्ट भन्दै आएका छन् । यो कुरा गलत हो , एमालेले कम्युनिस्ट होइन , कम्युनिस्टहरूक‍ो ख‍ोल ओढेको प्रतिक्रियावादी हो ।
अहिले एमाले आफ्नो दशौं राष्ट्रिय महाधिवेशन गर्न जुटेको छ । उसले यति तामझामका साथ किन राष्ट्रिय महाधिवेशन गर्दै छ त भन्ने उठ्नु स्वाभाविक बनेको छ।
एमालेले यही मंसिर १०-१२ मा गर्न लागेको दशौं महाधिवेशनमा गंभीर राजनीतिक , वैचारिक छलफल , विगतका कार्यहरुको सिंहावलोकन , कम्जोरीहरुको समीक्षा गर्ने नभई वर्तमान अध्यक्ष केपी ओलीको देवत्वकरण गर्ने , केपी ओलीको जय जयकार गर्ने , केपी ओलीलाई ” बा ” भन्ने जो चितवनको ” कुम्भ मेला ” भर्न आएका दासहरुको मेला हो त्यो । चितवन भरी जताततै , गेटहरुमा केपी ओलीका ठूला ठूला पोष्टरहरु झुन्ड्याइएको छ । यतिबेला केपी ओलीलाई बाँदर डराउन हाल्ने बुख्याँचा जस्तै बनाइएको छ ।
अहिले केपी ओलीलाई किन यति धेरै उचालिएको छ ? कसले उचालिरहेका छन् ? उनीहरूले क्या स्वार्थले केपी ओलीलाई ” बा ” भन्दै काल्पनिक ईस्वर बनाइएको छ ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । यस्तै यस्तै प्रश्नहरु उठिरहेका छन् ।
वास्तविकता के हो भने कम्युनिस्टको नाममा प्रधानमन्त्री भएको बेला , झण्डै दुई तिहाईको सरकार चलाइरहेको बेला उनी संसारमै सबैभन्दा बढी बदनाम भए । केपी ओली ३ वर्षे कार्यकालमा संसारकै पहिलो भ्रष्ट प्रधानमन्त्री बने। उनकै पालामा नेपालमा सबैभन्दा बढी भ्रष्टाचार भयो । नेपालको राजनीतिक इतिहासमा केपी ओलीकै पालामा सबैभन्दा बढी बलत्कारका घटनाहरु घटे । उनकै पालामा निर्मला पन्त लगायत दर्जनौं छोरी चेलीबेटीहरु बलात्कृत भए । केपी ओलीले ती सबै बलत्कारीहरुलाई संरक्षण दिए , बलत्कार गर्न अपराधीहरुलाई हौसला दिए । केपी ओलीकै पालामा वाइडवढी जहाजकाण्ड , ओम्नी काण्ड , ललिता निवास काण्ड , यति काण्ड , सुन काण्ड दर्जनौं भ्रष्टाचारका काण्डहरु घटाइए । यी सबै भ्रष्टाचारका काण्डहरु केपी ओलीकै संरक्षणमा घटाइएको थियो ।
केपी ओली प्रधानमन्त्री भए क‌ै अबधिमा गृह मन्त्रालय र प्रधानमन्त्रीकोषबाट खरबौ रकम आफ्ना आसेपासेलाई बाँढेर जनताको राष्ट्रिय ढुकुटीमा ब्रम्हलुट मच्चाउने काम भयो । कोविड – १९ को निहुँमा जनताको खरबौकोढुकुटी आफ्नो गुट बलियो बनाउन र कार्यकर्ताहरुलाई पोष्न खर्च गरियो । प्रदेश गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सरकार र मुख्य मन्त्रीहरुको पद जोगाउन सभाषद खरिदबिक्री मै मुलुकक‍ अरबै सम्पत्ति स्वाहा पारियो ।
प्रचण्ड र माधवकुमार नेपाललाई विरोध गर्ने नाउँमा आफ्नो कार्यकर्ता परिचालनमा अरबौंको राष्ट्रिय सम्पत्ति दुरुपयोग गरियो । दुई दुई पटकसम्म संसद विघटन गरेर पनि आफ्नो सत्ता जोगाउन असफल भएको बेला सत्ता जोगाउन सकिन्छ कि भनेर केपी ओलीले राष्ट्रको अरबौ सम्पत्ति दुरुपयोग गरे । करिब ३ वर्वषसम्म पार्टीको बैठकसरकारी निवास बालुवाटारमा बसालेर कार्य रकर्ताहरुलाई ल्याउने , खुवाउने लगायत त्यस काममा जनताको अरबौं सम्पत्तिमा लुट मच्चाउने काम गरे ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएर दुई वर्षको अबधिमा फासीवादी शासन चलाइकै कारणले पनि केपी ओली नेपालबाट मात्र होइन , संसारमै बदनाम भएका व्यक्ति हुन् । प्रचण्ड – माधवकुमार नेपालहरुका विरुद्ध आफ्ना कार्यकर्ता परिचालनमा मात्रै केपी ओलीले अरबौंको जनताको सम्पत्तिमाथि लुट मच्चाउने काम गरे ।
मुलुकमा हत्या , हिंसा , लुटपाट , बलत्कार , कालो बजारी , तस्करी , कमिशन , विचौलिया पाल्ने , पोष्ने , हरक्षेत्रमा महंगी बढाउने लगायतका जनताका विरुद्ध उनलेे हजार गल्ती गरेकै कारण उनी नेपालमा मात्रै होइन , संसारमै बदनाम भएका व्यक्ति हुन् ।
एमालेको चितवन कुम्भमेलामा यसरी बदनाम भएको र नांगिएको व्यक्तिको इज्जत जोगाउने योजना बनेको छ । एमालेको दशौं महाधिवेशनमा राजनीतिक छलफल बहस नहुने भएको छ । महाधिवेशन सोझै संगठनमा प्रवेश गर्ने र केपी ओलीको एकल नेतृत्व चयन गर्ने योजना रहेको छ । त्यहाँ केपी ओलीको देवत्वकरण नै सबैभन्दा ठूलो उपलब्धि हुनेछ । विचार सकिएको बुर्जुवा पार्टीमा विचारको त कुरै भएन ।
नेपाली कम्युनिस्ट आन्दोलन भित्रको एउटा गलत ट्रेन के हो भने व्यक्तिलाई देवत्वकरण गर्नु हो । दस वर्षे जनयुद्धको प्रक्रियामा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) र त्यसका नेता कार्यकर्ताहरुबाट प्रचण्डमाथि चरम देवत्वकरण गरिएको थियो । यतिसम्म कि प्रचण्डलाई ” प्रचण्ड पथ ) को पगरी समेत घुताइएको थियो ।
अहिले केपी ओलीमाथि पनि चरम देवत्वकरण बढाइएको छ। विचार विनाको पार्टीमा आफ्नो स्वार्थपूर्तिका लागि कार्यकर्ताहरुले नेताको देवत्वकरण गर्ने गर्दछन् । अहिले केपी ओलीलाई पनि केपी ओलीकै आड र संरक्षणमा हिजो सरकारमा भएको बेला राष्ट्रको सम्पत्ति , जनताको खरबौंको सम्पत्ति लुटृका र भोलि पनि केपी ओली कै संरक्षणमा राष्ट्रको सम्पत्ति लुट्न पाइन्छ भन्नेहरु र भोलि पद पोष्टमा पुगिन्छ र ठूलो मान्छे भइयो भने जनताको सम्पत्ति लुट्न पाइन्छ भन्ने रहरुले केपी ओलीलाई ” बा ” भन्दै उनको चरम मात्रामा देवत्वकरण गरिरहेका छन् ।
अहिले एमालेको दशौं महाधिवेशन दुईवटा उद्श्येले आयोजना गरिएको छ – एउटा हो पार्टीले वैधानिकता प्राप्त गर्ने । किनभने संवैधानिक व्यवस्था बमोजिम ५/५ वर्षमा संसदीय पार्टीहरुले आफ्नो पार्टीको महाधिवेशन वा राष्ट्रिय सम्मेलन गरेर पार्टीलाई रिन्यू गरेको हुनुपर्छ । एमालेको नवौं महाधिवेशन भएको पनि ५ वर्ष कटिसकेको छ । त्यसैले पनि अनिवार्य रुपमा महाधिवेशन गर्नुपर्ने हुन्छ ,नत्र पार्टीको दर्ता खारेज हुन्छ । त्यसैले पनि उसले राष्ट्रिय महाधिवेशन गर्नुपर्ने थियो र गर्दै छ । अर्को हो – महाधिवेशन गरेर पार्टी वैधानिक भइसके पछि , केपी ओलीको नेतृत्वमा एकल नेतृत्व निर्माण गर्ने र पार्टी ठूलो , बलियो र एकताबध्द भएको ढ्वाङ ठोकेर आगामी संसदीय चुनावहरुमा बहुमत ल्याएर जताततै चारैतिर सरकारहरु बनाएर विगतको भन्दा पनि अझै ठूलो मात्रा भ्रष्टाचार गरेर राष्ट्रको सम्पत्ति लुट्ने , विरोधीलाई विगतमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएर फासीवादी शासन चलाएर दिनसम्मको दु: ख , विनाकारण धरवकड , गिरफ्तारी , थुनछेक , यातना , कैद गरेर तह लगाउने र एकलौटी रुपमा राष्ट्रको सम्पत्ति लुट्नका लागि नै एमालेले बढौ धुमधामका साथ चितवनमा कुम्भ मेला भरेर नाटक मञ्चन गरिरहेको छ । नेपाली जनताले विगत लामो समय देखि देख्दै र बुझ्दै आएको विषय हो । यो भन्दा बढी एमालेले के पो गर्ने भयो र !

( केसी वरिष्ठ माक्र्सवादी लेखक तथा राजनीतिक विश्लेषक हुन् ।)

प्रतिक्रियाहरु