गरिब

नन्दलाल खरेल २०७८ असार २५ गते, शुक्रबार



म गरिब छु तर म अत्यन्तै खुशी छु
साँझ र बिहान सधैं काममा मस्त छु
म गरिब छु आडम्बर क्रोधबाट टाढा छु
ढीडो र गुन्दु्रक खान पाएकोमा स्वस्थ छु
म गरिब छु प्रकृतिसँग सधैं रमाउँछु
खाली खुट्टाले जमिन टेकि हिड्दा पनि प्रसन्न छु
म गरिब छु तर म स्वाभिमानी छु
छोरा छोरीहरु पनि इमान्दार पाएको छु
म गरिब छु म श्रममा अत्यन्तै रमाउँछु
श्रम र सीपलाई ईश्वरको वरदान सम्झन्छु
म गरिब छु बिरामी हुँदा सरकारी अस्पताल धाउँछु
छोराछोरीलाई सरकारी स्कुलमा शिक्षा दिलाउँछु
म गरिब छु देशको अवस्थामा चिन्तित छु
दलाल पुँजीपतीहरुले राज्यको दोहनमा आक्रोशित छु
म गरिब छु श्रमजीवी पार्टीलाई भोट दिन्छु
श्रमजीवी पार्टी सरकारमा पुगेपछि बिगे्रकोमा दुःखीत छु
म गरिब छु गरिब भएकोले कम्युनिष्ट छु
नेपाली मोडलको वर्ग संघर्ष अहिले धीमा देख्छु
म गरिब छु, समाजवादमा सधैं विश्वास गर्छु
कम्युनिष्ट नेताको कामचाहिं पुँजीपतीको संरक्षण देख्छु
म गरिब छु कम्युनिष्ट नेतृत्व दुषित बनेको देख्छु
नेताको राजसी ठाट सामन्ती चिन्तनबाट पीरोलिन्छु ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु