राष्ट्र बैंकले ११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्ने

२०७७ कार्तिक २ गते, आईतवार

काठमाडौ । नेपाल राष्ट्र बैंकले बोलकबोल प्रक्रियामार्फत रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सोमबार बोलकबोल प्रक्रियामार्फत बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये रु सात अर्ब २० करोड गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने रु चार अर्ब नयाँ हो । बैंकका अनुसार रु चार अर्ब बराबरको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ ।

प्रतिक्रियाहरु