ओली सरकारको २ वर्ष ः फासीवादीकरण, काण्डैकाण्ड र दलालीकरणको अबधि – हस्तबहादुर केसी

२०७६ फाल्गुन ११ गते, आईतवार

यही २०७६ फाल्गुन ३ गते ओली सरकारले २ वर्ष पुरा गरेर ३ मा प्रवेश गरेको छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले संसदभवनबाट देश र जनताको नाम सम्बोधन गरे । लामो समय खर्चेका ओलीले बिलकुलै विकास निर्माण र अन्य काममा जनतालाई ढाँट्ने आँखामा छारो छर्किनु बाहेक धेरै उपति वा फति गरेको सुनिएन । संसदीय व्यवस्थाको चरित्र नै जनतालाई ढाँट्ने छल्ने र उल्लु बनाउनु हो । त्यो कर्तव्य ओलीले पुरा गरे । लाग्थ्यो उनको भाषण सुन्दा ओली एक नम्बरका छट्टु, चटकी कलाहीन नाटककार हुन् । उनले पूरा समय जनता र संसदलाई ढाँट्नमै सम्पूर्ण समय खर्चेका थिए । संसद र जनतालाई ढाँट्नु उनको प्रमुख कर्तव्य थियो किनकि उनी नेपालका संसदीय व्यवस्थामा दुई तिहाई बहुमत सरकारका बलिया प्रधानमन्त्री हुन । त्यसो भएरै उनले संसदमा दम्भ र घमण्ड प्रस्तुत गर्नु थियो, त्यो उनले गरे ।
सरकार भएकै कारणले सामान्य विकास र निर्माणका काम त सरकारले गर्छ नै तर मुख्य कुरा त उसले लिने निर्णय दिशाबोध हो । जनताले हेर्ने र बुझ्ने कुरा त हो । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको दलादको रुपमा रहेको र टिकको ओली सरकारको २ वर्षको अबधि मुलुकलाई फासीवादीकरण गर्ने, दलालीकरण गर्ने र काण्डै काण्डमा फसाउने अबधिको रुपमा रहयो ।
ओली सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएर भीषण दमन गर्ने, त्यस पार्टीका नेता, कार्यकर्ताहरुलाई जथाभावी रुपमा धरपकड गर्ने, झुठा मुद्दा लगाउने, जेलमा सडाउने काममै बढी समय र मुलुकको बजेट खर्चेको छ । ओली सरकारले पुलिस ( प्रशासनलाई पूरै आततायी र हिंस्रक तुल्याउने काममा बढी समय खर्चेको छ । मुलुकलाई तानाशाहीकरण र सामाजिक फासीवादीकरण गर्न मै ध्यान केन्द्रित गरेको छ । विप्लव नेतृत्वको नेकपाबाहेक क्रान्तिकारी माओवादीलगायत अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुका गतिविधिहरुमा निगरानी गर्ने र चियोचर्चा गर्ने काममा ओली सरकारले बढी समय खर्चेको छ ।
यसरी ओली सरकारले क्रान्तिकारी कम्युनिस्ट पार्टी र कम्युनिस्टहरूमाथि दमनचक्र चलाएर मुलुकलाई फासीवादीकरण गरेर आफ्ना मालिकहरु अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादीहरुलाई खुसी तुल्याउनुमै बढी समय खर्चेको छ । कम्युनिस्ट क्रान्तिकारीमाथि दमनचक्र चलाउने र मुलुकलाई फासीवादीकरण गर्ने कार्य ओली सरकारले आफ्नो स्वविवेकले गरेको नभएर आफ्ना मालिक, गुरुहरु अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको इसारा र निर्देशनमा नेपाली क्रान्तिलाई समाप्त पार्ने अमेरिकी सि.आई.ए. नयाँ रणनीतिअनुसार गरिरहेको छ । अमेरिकी साम्राज्यवादले संसारका कुनै पनि मुलुकमा कम्युनिस्टहरूले क्रान्ति सम्पन्न गरेको उसको फुटेको आँखाले समेत देख्न सक्तैन । नेपाल कम्युनिस्टहरूको उर्वर भूमि भएको र क्रान्तिका लहरहरु समुद्रका छाल झै तरंगित भइरहेको देखेर अमेरिकी साम्राज्यवादीहरु र भारतीय विस्तारवादीहरु निकै आतंकित हुँदै आएका छन् र उनीहरूले ओली सरकारलाई हतियार बनाएर नेपालका कम्युनिस्टहरूलाई फासीवादी तरिकाले सिध्याइदिने रणनीतिअन्तर्गत ओली सरकारलाई निर्देशन दिए पछि ओली सरकार यो २ वर्षको अबधिमा नेपालका कम्युनिस्टहरूलाई प्रशासनिक दमनबाटै सिध्याइदिने ग्राण्डडिजाइनका आधारमा मुलुकलाई फासीवादीकरण गरिरहेको छ । संसदीय व्यवस्था भनेकै एउटा हातमा प्रजातन्त्र, मानतावाद र विकास निर्माणका हल्लाहरु फलाक्ने र अर्को हीनतमा बन्दुक समातेर मुक्तिकामी एवम् क्रान्तिकारी जनतामाथि भीषण दमनचक्र चलाउनु हो । त्यो कर्तव्य ओली सरकारले पूरा गरिरहेको छ ।
अर्कोतिर ओली सरकारको २ वर्षेे कार्यकाल पूरै काण्डैकाण्डको कार्यकाल रहेको छ । जस्तै– निर्मला बलत्कार तथा हत्याकाण्ड, वाइडबडी घोटालाकाण्ड, गुठीकाण्ड, एनसेलकाण्ड, सुनकाण्ड, चिनीकाण्ड, यतिकाण्ड, गोकर्णकाण्ड, आदि काण्डडैकाण्डको अबधि रहेको छ ।
दुई तिहाई दम्भका कारण ओली सरकारले मुलुकमा मनपरि सरकार चलाइरहेको छ । मुलुकको हरक्षेत्रमा जुन विकृति र विसंगति फैलिएको छ, ओली सरकार मौन । महँगीले जनताको ढाड सेकिएको छ । ओली सरकार मौन । मुलुकमा हिंसा र हत्या र बलत्कार, अपहरणका घटनाहरु घटिरहेका छन्, ओली सरकार दोषीलाई कारवाही गर्नुको सट्टा संरक्षण गरिरको छ । मुलुकका नामुद भ्रष्टाचारीहरुलाई उन्मुक्त दिने काम गरिरहेको छ । कालाबजारियाहरु, भूमाफियाहरु, शैक्षिक माफियाहरु, तस्कर र कमिशनखोरहरुलाई ओली सरकारले प्रोत्साहित गर्ने र संरक्षण गर्ने काम गरिरहेको छ । मुलुकमा जताततै, जहाँकहीँ पनि निरासा छाएको छ । ओली सरकार नालायक सिध्द भइरहेको छ । स्थानीय निकयहरुले जनताबाट चर्को कर असुलेर मोजमस्ती गरिरहेका छ । ओली सरकारले त्यतातिर पनि मौण छ ।
ओली सरकार र सरकारमा बस्ने हरुको कमजोरीहरुको बारेमा लेख्न बोल्ने पत्रकारहरुलाई धम्क्याइरहेको छ । त्यसो भएरै नै आम सञ्चार माध्यममाथि अंकुश लगाई रहेको छ । ओली सरकार र उसका मन्त्रीहरु सत्तारुढ पार्टी नेकपा (नेकपा) का नेता, कार्यकर्ताहरुका कमजोरीहरुबारे पोल खोली दिने गरेका विरोध गरेकै कारण फासीवादी ओली सरकारले फेसबुकलगायत सम्पूर्ण सामाजिक सञ्जालमाथि अंकुश लगाएको छ ।
अर्कोतिर ओली सरकारले राष्ट्रिय स्वाधीनतालाई धरापमा पार्दै ल्याएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग भारत सरकारले आफ्नो नक्सामा गाभेपछि ती भूभागहरुलाई फिर्ता गराउन भारत सरकारसँग कुटनैतिक ढंगले वार्ता गर्ने, समस्या समाधान गर्नुपर्नेमा उल्टै भारतीय विस्तारवादका विरुद्ध आवाज उठाउने नेपाली जनता र राजनीतिक पार्टीहरुमाथि दमन गरिरहेको छ । साथै आर्थिक लोभ, लालचमा फसेर ओली सरकारले अमेरिकी एमसीसी प्रोजेक्टलाई नेपालमा भित्र ल्याएर नेपाललाई अमेरिकी सैन्य अखडा स्थापना गर्ने र चीनलाई चारैतिरबाट घेर्ने अमेरिकी रणनीतिलाई सफल तुल्याउन ओली सरकारले मरिहत्ते गरिरहेको छ ।
यी तमाम कार्यहरुले गर्दा नै ओली सरकार संसारमै नम्बर १ को दलाल सरकारको रुपमा वर्तमान विश्वको राजनीतिक रंगमञ्चमा दर्ज हुन पुगेको छ र यसले स्वाभिमानी नेपाली जनताको शीर निहुँ¥याउनुपर्ने अवस्थामा पु¥याएको छ । यसरी ओली सरकार देश र जनताको निम्ति अलोकप्रिय बन्दै जानु नेपाली क्रान्तिको बाटो फराकिलो बन्दै गएको नेपाली क्रान्तिको द्वन्द्ववादलाई बुझ्न जरुरी छ

प्रतिक्रियाहरु