चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक चन्द गिरफ्तार

२०७६ भाद्र २५ गते, बुधबार

काठमाडौं, २५ भदौ । जिल्ला प्रहरी कार्यालय चितवनले नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका महासचिव तथा चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्द गिरफ्तार गरेको छ । चन्दलाई आज बिहान चितवन मेडिकल कलेजबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले पुष्टि गरेका छन् ।
चितवन मेडिकल कलेजले अवैध रूपमा असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार बिहान पनि झडप भएको थियो । चन्दलाई सोही स्थानबाट गिरफ्तार गरिएको जनाइएको छ । झडपमा केही विद्यार्थी घाइते भएका छन् । त्यसक्रममा प्रकाश चन्दसहित १८ जना गिरफ्तारीमा परेका हुन् । गिरफ्तार र घाइते विद्यार्थीको पूर्ण विवरण आउन बाँकी छ । चन्दसहित गिरफ्तार विद्यार्थी नेताहरूलाई जिल्लाप्रहरी कार्यालयमा राखिएको चितवनबाट प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रियाहरु