श्वेत अांतक र ज्यादतिको ससक्त प्रतिकार गरौ – श्यामबहादुर बोहरा ‘अटल’

२०७५ भाद्र १ गते, शुक्रबार

करिब अढाई दशक अगाडि पुजीवादी संसदीय ब्यबस्थाको समुल अन्त्य गरेर ,नेपालमा नयाँ जनबादि राज्य ब्यबस्थाको स्थापना गर्ने र बैदेशिक साम्राज्यवाद ,मुलतः भारतीय बिस्तार बादि थिचोमिचो ,हैकम र उत्पिडन बाट नेपाललाई एक स्वतन्त्र ,स्वाधीन र सार्बभौम राष्ट्रका रुपमा स्थापित गर्ने महान उद्देश्य र संकल्पका साथ पुर्व क. प्रचण्डको नेतृत्वमा हाल बिसर्जित तत्कालीन ने .क .पा. (माअोबादि) ले महान जनयुद्धको पहल गरेको थियोे । पहल पश्चात् महान जनयुद्ध भयानक क्षेतिहरु र ऐतिहासिक उपलब्धिहरुका साथ अनेकन श्रृखलाहरु पार गर्दै अाफ्नै मौलिकता , भब्यता र तिब्रताका साथ प्रत्याक्रमणको चरण सम्म नै प्रबेश गरेको थियोे । मुल नेतृत्वमा नै बैचारिक , सैधान्तिक ,र राजनैतिक बिचलन अाईसकेपछि हठात क्रान्तिकारी धार परिवर्तन गर्दै उहीँ जिर्ण, कुरुप , र नग्न पुजीवादी संसदीय ब्यबस्थालाई नै केही रङ्ग रोगन गरेर टेको लगाउदै त्यही भित्र सर्बाङ्ग समर्पण गरे महान जनयुद्धका लक्षहरु अलपत्र बने र जनयुद्धकारीहरु लावारिस बन्दै गए । उक्त ब्यबस्था अाजका दिनसम्म अाई पुग्दा दलाल पुजीवादी संसदीय ब्यबस्थाका रुपमा अबतरित भएको छ। यो ब्यबस्थाका नयाँ पुजारीका रुपमा भु .पु.क.प्रचण्ड पनि नियुक्त भएका छन । यो उत्पिडित श्रमिक जनताहरु र प्राधिन मुलुकका लागि एउटा भयानक धोका , गम्भीर बिस्वास घात र निकृष्ट गद्दारिको पहिलो दृश्यका रुपमा बिद्यमाण नै छ ।
करिब डेढ बर्ष अगाडि स्थानीय तहको निर्वाचनमा ने .क. पा.( एमाले )लाई धुलिसात पार्दै सिद्याउने उद्देश्य सहित पुरानो दलाल पुजीवादी पार्टी नेपाली काङ्ग्रेस सग नितान्त असैधान्तिक , अराजनीतिक र अपबित्र गठबन्धन गर्न पुगे कहि कतै थोरै पनि ,लाज, सरम र ईज्जत् बाकी राखेनन श्री पुष्प कमल दाहालले ! निर्लज्ज कमाल गरे !परिणाममा (एमाले ) नै बिजेता बनेर पहिलो पार्टी बन्यो । दाहालको कोठरिले तेस्रो स्थान प्राप्त गर्दै नाक काटेर मलद्वार टाल्यो। त्यसपछि उनी अत्तालिए , प्रशव दुखाईले रन्थनिदै दौडेर उहीँ एमालेको बल्खु दरबारको पार्किङ्गमा पुगे । घाएल मनलाई सान्त्वना दिनका लागि संघ र प्रदेश सभाको कथित चुनावमा उहीँ एमाले सँग नै तालमेल गरे चितवनमा च्याथेको मत पत्र गोजीमा राखेर । अनि अनेकन हाउभाउ र नौटंकि पछि धेरै ठुलो उतार चढावको बाबजुद बहुदलीय जनबादको कुम्लो बोकेर , माअोबादको बिराट र गहण भारि टुकुचामा फ्याकेर एमाले मै बिलिन हुन पुगेको बिरुप बिम्ब दोस्रो दृश्यका रुपमा हाल जारी छ । अरु बाकी दृश्य छन या छैनन् ? यदि छन भने कति मजाक उडाउने स्तरका छन । त्यो समयले नै उजागर गर्ने छ ।
गहिरिएर मनन गर्दा रोमाञ्च वियोगान्त नाटकका दृश्य जस्ता या काल्पनिक दुखद सिनेमाका कथा जस्ता लाग्छन् उपर्युक्त दृश्यहरु । जसलाई सखाप पार्न जेहाद छेडेर लड्यो , कालान्तरमा उसैको घर पटाङ्गिमा र त्यसैको सरणमा ! यो कहालिलाग्दो काइदालाई कसरी बुझ्ने र के भन्ने ?
=यो बिशेषता रङ्ग हिन हो या रङ्गिन ?
=यो प्रबृत्ति अबिवेकि हो या विवेकि ?
= यो कार्य मुर्खता हो या बुद्धि मत्ता ?
=यो सोच कायरता हो या बिरता ?
=यो सँस्कृति अनैतिक हो या नैतिक ?
=यो कर्म निम्न पुजिवाद हो या मार्क्सबाद ?
=यो चाल उच्छृङ्खलता हो या सिर्जनसिलता ?
= यस्तो चरित्र अराजकतावादि हो या समाजवादि ?
=यो के हो ?अात्मग्लानि हो या अात्मस्वाभिमानि ?
=यो कार्य निचता हो या महानता ?
=यो कदम कुख्यात हो या प्रख्यात ?
परिभाषा लगाउने जिम्मा प्रबुद्ध पाठक र बिश्लेषकहरुलाई नै छ ।
खासखुस हल्ला चलिरहेको छ कि अाज हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी लाई निर्मुल पार्ने गुरु योजना मुताबिक देश ब्यापिरुपमा हाम्रो पार्टीका नेता , कार्यकर्ता र समर्थकहरुलाई समेत उनकै इसारामा अाफैले भन्ने गरेको तथाकथित उत्कृष्ट संबिधान र ऐन कानुनको धज्जि उडाउदै अकारण जथाभावी धर- पकड गर्ने , झुट्टा मुद्दा लगाएर जेलमा सडाउने , सताउने , तड्पाउने र मार्ने अतिशय निकृष्ट र निन्दनीय कार्य तिव्र रुपमा अगाडि बढाइएको छ । यसको पछिल्लो कडिका रुपमा पार्टी स्थायी कमिटी सदस्य तथा प्रवक्ता क. प्रकाण्डलाई काल्पनिक अारोप लगाई पकडेर जघन्य अपराधीलाई झै दुर -ब्यबहार गरिएको छ । उहाँ लगाएत जेल र हिरासतमा बेकसुर राजनैनिक अावद्दता का कारणले राखिएका सम्पुर्ण नेताहरूलाई सिघ्राति सिघ्र र निसर्थ रिहा नगरे साशकहरुले यसको मुल्य कुन रुपमा र कसरी चुकाउनु पर्ने छ ? त्यो भबिस्यले नै बताउने छ।
= यो अनैतिक र अराजनैतिक प्रकरण बाट फेरि एक साथ थुप्रै प्रश्नहरु उब्जिएका छन –
= यो लोकतन्त् हो या निरङ्कुशतन्त्र ?
= यो राजनीतिक कदम हो या अराजनीतिक कदम ?
= यो दृष्टिकोण सहिष्णु हो या असहिष्णु ?
= यो अभ्यास समाजवादी हो या फासिवादि?
= यी साशकहरुले शान्ति चाहेका हुन या युद्ध ?
= यो सुशासन हो या कुशासन ?
= यो जिम्मेवारी पना हो या गैरजिम्मेवारी पना ?
यो रवैया मार्फत श्री पुष्प कमल दाहालले नेपाल कम्युनिस्ट पार्टी सामु जबर्जस्त रुपमा ‘गर’ या ‘मर’ को बिकल्प प्रस्तुत गरेका छन । हैन उनको मन मस्तिष्कमा पुर्व राणा , राजा र पन्चहरुको प्रेतअात्म यति चाडै किन र कसरी पस्यो ? इतिहासको मजाक । उनको योजनामा राज्य दमन गर्न सहभागी भएको भन्ने अाम चर्चा चलिरहेको छ। खैर जे होस नेपाली श्रमिक जनताको पुर्ण मुक्ति र नेपाल राष्टको पुर्ण स्वतन्त्रता र स्वाधीनता प्राप्तिका लागि हामीले अाफ्नो तयारीलाई तिब्रता पुर्वक अगाडि बढाउन लापरबाही र हेल चेक्राई गर्नु भनेको स्वयं अात्मघाति कदम हुने कुरा निर्बिबाद नै छ । श्रमिक जनताको माझमा पनि यो प्रश्न पैदा भएको छ कि नेपाल कम्युनिस्ट पार्टीले अब के गर्छ ? नेपालमा अब फेरि के हुन्छ ? यी सवालहरुको उचित जवाफ दिनु अाज हाम्रो अहं कर्तव्य बन्न गएको छ । यो कर्तव्य कुरा गर्न बर्तमान राज्यले हामीलाई बाध्य बनाएको छ। न्याय र समानता चाहानेहरु अाउनुहोस ! एउटा अाधिमय यात्रामा लामबद्द भएर फेरि अन्तिम चोटि अगाडि बढौ ! श्वेत अांतकको प्रतिरोध गरौ !!र ज्यादतिको ससक्त प्रतिकार गरौ !

प्रतिक्रियाहरु