प्रचण्डलाई पत्र : एमालेसंग मिलेर क्रान्ति दवाउने चेष्टा किन ?

२०७४ फाल्गुन १० गते, बिहीबार

पुर्ब प्रधानमन्त्रीज्यू, नमस्कार तथा अभिवादन !
तपाईको नाममा धेरै फेर पत्र लेखे । अनि अधुरो क्रान्ति पूरा गर्न सकारात्मक आलोचना पनि गरे । आजको दिन सम्म आउँदा जनयुद्ध लड्ने तपाईंको योद्धाहरु भटाभट पिजडामा कैद हुँदैगर्दा सबै सरकार तपाईंको समर्थन मै बनेका छन । तपाईंलाई जनयुद्धमा सुरुक्षा दिने तपाईंकै सहयात्रीहरुको गिरफ्तारले तपाईंमा बर्गिय माया र एजेन्डा हराउदै गयो । बरु परम्परागत संसदीय व्यवस्थालाई व्यवस्थित गर्न आफ्नै सहयात्री पिजडा भित्र राख्दा बर्गिय बिचारको धनी भनेर तपाईंलाई कसरी भन्ने? हिजो जनयुद्धलाई अपराधी देख्नेहरु टाउकोको मुल्य तोक्नेहरु आज तपाईंको सहयात्री र मित्र भए । हिजो तपाईको निर्देश पालाना गर्ने र तपाईलाई बचाउनेहरु तपाईंको दुश्मन किन देख्नु भयो प्रचण्ड कमरेड । तपाईंको निर्देशमा मर्न तयार भएका कमान्डरहरु प्रतिक्रियावादी क्याम्पमा धावा बोल्दै तिनै कमान्डरहरुले तपाईंलाई सिहदरबारको सुकिलो बिछ्यौना सम्म पुर्याए । कदम कदाचित प्रतिक्रान्ती रोक्न नेतृत्व झुक्यो भने हजारौं योद्धा कमान्डर क्रान्ति जारी राख्नु पर्छ भनेर भनेर क्रान्तिको दस्तावेजमा तपाई भनाई दाखिला छ । आज तपाईको स्कुलिङमा कमान्डर बनेकाहरुले क्रान्तिको सपना देख्नु के गलत होर प्रचण्ड कमरेड ?
बरु तपाईले क्रान्तिका लागि उमारेको बिरुवाहरु आज माक्स, लेनिन आमो बन्न तयार हुँदा खुसी हुनुपर्थ्यो हैन र कमरेड ? पद पैसा र भ्रष्टाचार मात्र जन्माउने व्यवस्था विरुद्ध क्रान्तिकारीले जनसत्ता र जनअदालत कायम गरेर जनतालाई न्याय दिनु गलत हो त ? जुन कुरा तपाईले नै सिकाउनु भयो ।
म अहिले कुनै पार्टीको कार्यकर्ता त छैन तर तपाईको बंकर भत्काउने पुर्वजनमुक्ति सेनाको तथा कार्यकर्ताको हैसियतले क्रान्तिको रक्षार्थ बोल्नु नैतिक कर्तव्य ठान्छु । किनकि रगतको मुल्य चुकाएर हुर्काएको क्रान्ति हो, जसको पाठशाला तपाई नै हो ।
तपाईले क्रान्तिगर्न सिकाएका सहपाटीहरुले क्रान्तिजारि छ भन्दै शान्तिपूर्ण कार्यक्रम गर्न खोज्दा प्रतिबन्ध लगाउने चेष्टा गर्यो तपाई सम्मिलित नयाँ पार्टीको सरकारले । बर्गिय एजेन्डा बोकेको पार्टी बुर्जुवा पार्टीमा छलाङ मार्दा गलत भयो भन्न पनि नपाउने हो ?
आफुले रचेको इतिहासलाई आफै अपराध सिद्द गर्नु खोजे इतिहासले छुट कसैलाई दिदैन । स्मरणहोस् प्रचण्ड कामरेड सिहदरबारका रैथाने बुर्जुवाहरु यो देशका बाधक हुन् । जब सम्म यिनीहरुको रबैया यो देशमा चल्छ तव सम्म देशले परिवर्तन कहिलै पाउने छैन । राजनीतिलाई आफ्नो आफ्नो पारिवारिक नालीबेलीको सेवामा समर्पित पेवा बनाएका सामन्तीहरुले यो देशको मुहार फेर्नेकुरा काल्पनिक कथा मात्र हुन् । होइन भने तपाई अब भन्नु सक्नु पर्छकि, जनयुद्द गलत थियो, जनयुद्दमा मारिएका शहिदहरु शहिद होइनन र यिनै सिहदरबारका रैथाने ठालुहरू देवता हुन् । यिनैले परिवर्तन दिन सक्छन हामी गलत थियौ ।
जनवादी राज्य सत्ताको लागि लड्ने नेता कार्यकर्ता प्रहरीले पक्राउ गर्दा तपाईंको बिशेष सहयोगबाट बनेको सरकार निरंकुश बन्दै छ र क्रान्तिको बिगुल फुक्नेलाई दबाउन खोज्दै छ । बालकृष्ण गिरफ्तार हुँदा तपाईको अँखामा आसु नभए पनि हाम्रो आँखाबाट आसुको धारा बगेको थियो । अहिले फ़ेरि तपाईंको जनवादी शिक्षाबाट फस्ट डिभिजनमा पास गरेर माक्र्सवादी दार्सनिक नेता बनेका सुदर्शन र पदम राई सहितका नेता गिरफ्तार पर्दा तपाई मौन हुनुहुन्छ । कामरेड बालकृष्ण, सुदर्शनको ठाउँ तपाईंलाई आज जेल चलान गरेको भएपनि, बर्गीय क्रान्तिको नैतिक आधारमा हामी तपाई कै समर्थनमा बिरोध ओकल्थ्यौ । यहि हो क्रान्तिकारीहरुको पहिचान । यतिबेला हिजोका कथित संसदवादीहरु तपाईंको ढाडमा टेकेर क्रान्तिकारी शक्तिको शिरमा प्रहार गर्न सजिलो भएको छ तर यसको परिणाम असामान्य हुनसक्छ । अहिले तपाईंलाई योग्य र शक्तिशालि बनाएका छन् किनकि तपाईंले जन्माएको बिरुवाहरुलाई अपराधी र अयोग्य बनाउन सजिलो हुने ठानेका छन्, टाउकाको मूल्य तोक्नेहरु ।
सबैलाई अयोग्य बनाउदै अन्ततः तपाईंलाई सेरेमोनियल बनाएर हाम्रो इतिहासलाई नै समाप्त पारिदिने चेष्ट गर्दै छन्दे । अझै पनि तपाईलाई अभिभावक सम्झेर आफ्नो पिडा, गुनासो र आलोचना गर्दा मन भावुक हुन्छ, अनेक प्रस्नहरु गर्न मन लाग्छ । बास्तवमा यति छिटै हाम्रो अभिभावक र नेता गलेको देख्ने मन थिएन ।
यो पुस्ताको नायक बनेको हेर्ने धोका थियो । कठिन समयमा जोखिम उठाउने ताकत तपाई संग हुँदाहुँदै किन गल्नु भयो ? हामी त अचम्मित भयौ नै नेपाली क्रान्तिको भबिस्य देख्ने बिश्वका क्रान्तिकारीहरु पनि चकित छन् आज ।
अब जनयुद्धका घाइते सहिद परिवार र जनवादप्रति आसा गरेका जनताको प्रश्नको जवाफ कसरी दिनु हुन्छ । कालोबजारी, भष्ट्राचारी, बलात्कारीहरु समाजमा हैकम जमाएर बसेका छन्, तिनैका विरुद्ध लड्नेहरु किन पिजडा भित्र पर्नु पर्ने कमरेड ?
सिमानामा जङ्गे पिलर हराउदा बोल्न सक्दैनौं बोल्नेहरु पनि जेल जानू पर्छ । युवा शक्तिको सीप र क्षमतालाई विदेशी बजारमा लिलाम गर्न वातावरण बनाउने गणतन्त्रको बिरोध गर्न मिल्छ मिल्दैन ?
पुर्ब प्रधानमन्त्री ज्यु तपाईंले भन्नु हुन्थ्यो क्रान्तिकारीहरु ‘रुदा रुदै हास्नु पर्छ’ भनेर तर गणतन्त्र आए पछि क्रान्तिकारीहरु रुनु मात्र पर्यो । अन्याय अत्याचार भोग्नु मात्र पाइयो । सीमाबाट पिलर हराएको मात्र खबर पढ्न पाइयो । नेपाली चेलीहरु विदेशका गल्लीमा बेचिएको खबर र ती चेलीहरुको अँखा भरी आँसु देख्न पाइयो । खेतबारी साहुँको जिम्मा लगाएर पैसा कमाएर सासुको रिन तिर्न विदेश गएका युवाहरुको रातो बाकस फर्किदा बिरतीयको क्षण देख्न पाइयो । अब यो कुन गणतन्त्र हो ? कसका लागी आएको हो ?
तपाईंले नै भन्नू भएको हो ‘अन्याय सहनु भन्दा बिद्रोह गरेर न्याय खोज्नु’ । आज क्रान्तिकारीहरुले चाहेको जस्तो न्याय अझै मिलेको छैन, तसर्थ बिद्रोह गर्नु अधिकार तपाईकै मार्गदर्शनलाइ पालना गर्दछौ ।
(लेखक पूर्व जनमुक्ति सेना हुन् )

प्रतिक्रियाहरु