भोटको नौटंकी देखाएर लुटको स्वर्गमा रमाउनेहरु – झपेन्द्रराज बैद्य

२०७४ मंसिर १ गते, शुक्रबार

कथित बामगठबन्धनले रोल्पामा मान्छे थुनाएर अशान्ति मच्चाउदैछ। प्रहरीको घेरामा चुनाब गरी समाजमा द्वन्द्व फैलाउने र भोटको नौटंकी देखाएर लुटको स्वर्गमा रमाउने नियती राखेको छ। कथित कम्युनिस्टको पर्दा च्याथिएको छ। बगर्गीय समाजमा नया जनबाद वा बैज्ञानिक समाजबाद ,साम्यबाद आउन सक्दैन भन्दै आफैले संबिधानमा लेखिटोपलेको प्रजातन्त्र र स्वतन्त्रताको धज्जी उडाउदै निरपराध घरमा बसेको ब्यक्तिलाई थुनछेक गरी एक पटक फेरि पंचायी भूत संझाएका छन्।
समाजबादको मीठो सपना बाडेर बिभ्रमीकरण गर्ने दुस्प्रयास गरिरहेका छन्। समाजबाद के हो ? यसमा अर्थतन्त्र कस्तो हुनुपर्छ। मजदुर र मध्यम बर्गीय किसानलाई के कस्तो सुबिधा हुन्छ आदि कुरालाई पन्छाएर मोदीको समाजबादलाई देखाएको अनुभूत हुन्छ।
यिनीहरूले केही गर्ने होइनन्। के के गरे पहिलेनै देखाईसके। लूट भ्रस्टाचार कमिशनको खेल सबै देखाईसकेका छन्। बिदेश सामु लम्पसार परेर राष्र्टीयता प्रति जोखिम मोलेका नेताहरू मीठा सपना बाडेर जनतामा भोट माग्दै छन्। जनतालाई भेडा बाख्र्ा बनाएर करोड़ों पैसा ख़र्च गरेको हिसाब सत्तामा गएर ब्याजसमेत असूलउपर गर्ने हुन। कुनै पनि पार्टीमा निष्ठाको राजनीति नभएकोले भोट हाल्नेहरूले एकपटक सोंचने बेला आएको छ। भोट हाल्नु नहाल्नु आफ्नो अधिकार हो। शान्तिपूर्वक घर बस्नपाउनु आफ्नो अधिकार हो। भोट हाल्ने अधिकार खेरफाल्ने होइन भनेर भोट दिनसक्नुहुन्छ तर लौ फेरि लूट भनेर ल्याप्चे लगाउनु बाहेक अरू केही होईन। दलाल पुँजिबादमा अहिले धेरै राजा बनेका छन्। सबैको साझाउद्देश्य शोषण दमन हो। यसको बिरूद्द साम्ाज्यबाद बिस्तारबाद बिरोधी देश भक्त जनता एक जुट हुनुको बिकल्प छैन। जनता सबभन्दा ठूला हुन्।
अहिले चुनाब उपयोगको अकर्मण्ताको प्रहशन पनि देखिन्छ। सारमा घुमाउरो किसिमले यो प्रतिकृयाबादको सेवा हो। भण्डाफोर गरेबापत शुल्क बुझाउने। सत्तालेनै उपयोग गरेको अनुभूत हुन्छ। अब मध्यपन्थी अवसरबाद होइन साँच्चै देश बदल्ने हो भने सुधारवाद होइन जनताको सपना पुरागर्न क्रान्तिमा सहभागी बनौँ। आत्मसुरक्षाबाद होइन न त नै उग्रवाद हो। देशमा पाकेको बस्तुगत स्थितिलाई मध्यनजरगरी जनतन्त्र,जनजीविका र राष्र्टिय स्वाधीनताको सवालमा अगाडि बढौं।

प्रतिक्रियाहरु