अबकाे संघर्ष नव-अाैपनिवेशिकतावादी दलालहरू बिरुद्ध – भरत दाहाल

२०७४ कार्तिक ३० गते, बिहीबार

नेपालकाे समस्या सत्ताकाे संरचना र शासनप्रणालिकाे रूपमा छ
१. अहिले तिनचाैथार्इ भन्दा बढि उम्मेदवार भ्रष्टाचारि र अन्य अभियुक्त।
२. २५ बर्ष यता राज्यकाे चुनावी खर्च ८० कराेडबाट ३० अर्ब भन्दा बढि।
३. न्यूनतम कराेड खर्च गर्न नसक्नेहरू चुनावमा उठ्ने संभावना समाप्त।
४. ०४६ सम्म ७२ प्रतिसत अात्मनिर्भर नेपाल अहिले १७ प्रतिसतमा।
५. ०४६ सम्म नविदेशिएका नेपालीकाे पलायन संख्या अहिले ८० लाख।
६. दलकाे नेता बनेर काठमाडाैंमा महल नजाेड्ने व्यक्ति अपवादमा।
७. २५ बर्षभित्र देश INGO/NGO हरूकाे कानूनी नियन्त्रणमा।
याे विगत २५ बर्ष यताकाे सामान्य तस्विर हाे दलाल माफियातन्त्रकाे। यसले के देखाउँछ भने नेपालकाे समस्या याे दलकाे सट्टा त्याे दल वा फलानाे व्यक्तिकाे ठाउँमा हलानाे व्यक्ति भन्ने हाेर्इन। नेपालकाे समस्या सत्ताकाे संरचना र शासनप्रणालिकाे रूपमा छ। राज्यकाे नव-अाैपनिवेशिक संरचना र बहुदलियताकाे खाेलमा सिंगारिएकाे अायातित दलाल प्रणालिकाे ठाउँमा नेपालकाे माैलिकतामा अाधारित प्रणालिहरूकाे विकास नगरेसम्म देश अधाेगतितिर गैरहने छ।
सत्ताकाे चरित्र, विदेशीले बनाएकाे मेकानिज्म र थाेपरिएकाे शासनप्रणालि भित्रकाे समस्यालार्इ लुकाएर देश बिग्रनुकाे कारण दल र व्यक्तिहरूतिर मात्र देखाउने तत्वहरू उहि ड्याङका मूला हुन्। चुनावमा एक अर्कामाथि अाराेप लगाएर समस्याकाे जडका बारेमा नबाेल्ने प्रश्नमा सबै एक ठाउँमा छन्। अबकाे संघर्ष नव-अाैपनिवेशिकतावादी दलालहरू र देशभक्तिका बिचमा अघि बढ्नु पर्छ। याे भनेकाे निर्देशित शासनप्रणालिमा रूमल्लिर्इरहने वा नेपाललार्इ याे चक्रब्युहबाट निकाल्न माैलिक साेंचका साथ अघि बढ्ने भन्ने हाे। याे बहसका लागि हामी तयार छाैं।

प्रतिक्रियाहरु