सैनिक क्याम्प तैनाथ गर्ने दिल्लीकाे षडयन्त्र – भरत दाहाल

२०७३ श्रावण १२ गते, बुधबार

पुष्पकमलकाे प्रधानमन्त्रि बन्ने बाटाे खुला भएकाे भाेलिपल्टै दिल्लीद्वारा ISIS काे हाैवा सुरू भएको छ । मैले ३ हप्ता अगाडि मात्र नेपालभित्र अाफना सेना घुसाउनका लागि रअ वा सिअाइएले ISIS का नाममा अाफ्ना एजेन्टहरू पठाएर नेपालमा हिंसात्मक काम गर्ने संभावना औल्याएको थिए । याे अनुमान सत्य साबित भएकाे छ। कथित मधेश प्रदेशलार्इ अस्विकार गरेर मिथिला प्रदेशकाे माग गर्नेहरूमाथि रअले जनकपुरमा बम अाक्रमण गराएर ४ जना नेपालीहरूकाे हत्या गराएकाे घटना बिर्सनु हुँदैन । अाफू नांगिएका हर समयमा त्यसले नेपालमा हिंसा गर्दै अाएकाे छ।
यसमा २ वटामध्ये एउटा कारण लुकेकाे छ । या त याे नेपाललार्इ भारतकाे सुरक्षा छातामुनि लैजाने भनि शेरबहादुर र दाहालसंग भएकाे सहमति अनुसार वातावरण बनार्इ दिन चालिएकाे कदम हाे, या याे अाफूले सत्ता दिलार्इ दिए वापत नेपालभित्र भारतीय सुरक्षाकर्मि राख्न पाउनु पर्छ भन्ने धम्किपूर्ण दबाब हाे। मधेशवादकाे मुकु्न्डाेमा खेलिरहेका बिहारी गुटहरूले अाफूलार्इ सत्ता सञ्चालनका हरेका गतिविधिहरूमा ‘तेश्राे पक्ष (Third Partner)’ का रूपमा स्विकार नगरे सहयाेग नगर्ने भनि दिर्इरहेकाे दबाबले यसलार्इ पु्ष्टि गर्दछ।
देउवा र दाहालले नेपाल विरूद्धकाे भारतीय याेजनालार्इ अधिकतम रूपमा प्रश्रय दिनेछन् भन्ने कुरा दिल्लीमा देखा परेकाे खुसियालिले साफ गरिसकेकाे छ। केहि बर्ष अगाडि काेशीमा अाएकाे बाँधकाे सुपरिवेक्षण गर्ने बहानामा अाएकाे भारतीय सुरक्षा टाेलि नेपालले बारबम्बार ताकेता गर्दा पनि फर्केकाे छैन। त्यसैलार्इ स्थायी सैनिक पाेष्टमा परिणत गरेर नेपालकाे सुरक्षा मामिला निन्त्रण गर्ने याेजना हाे याे। याे षडयन्त्रकाे अब सार्वजनिक रूपमा प्रतिकार गर्न अाव्श्यक छ ।

प्रतिक्रियाहरु