काँग्रेस–एमालेले सर्वपक्षिय सम्मेलन भाडे : वैद्य

२०७१ आश्विन ५ गते, आईतवार


काठमाडौं । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले काँग्रेस र एमालेले राजनीतिक निकास नचाहेकाले सर्वपक्षिय राजनीतिक सम्मेलन भाँडिएको
बताएका छन् । ‘काँग्रेस–एमालेका साथीहरुले सर्वपक्षिय राजनीतिक सम्मेलनलाई विचार गोष्ठी जस्तो बनाउन खोजेकाले हामीहरुले सहभागी भएनौं’
वैद्यले भने । आइतबार संवाद डबलीमा आयोजित खिमा रिजालद्वारा लिखित ‘अविचलित यात्रा’ नामक पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै वैद्यले कांग्रेस र एमालले राष्ट्रिय सहमतिको लागि भन्दापनि औपचारिकताको लागि मात्र सर्वपक्षिय राजनीतिक सम्मेलन आयोजना गरेकाले आयोजना गरेको बताए । ‘हामीले शान्ति प्रक्रियाका बाँकी काम र संविधानका अन्तरवस्तुमा राष्ट्रिय सहमति गर्न गोलमेच सम्मेलनको माग गरेको थियौं, तर एकदिने विचार गोष्ठीमा सिमित गर्न खोजिएकोले हामी सहभागी भएनौं’ वैद्यले भने । निकास दिन नसक्ने कुनै कुनैपनि नामको गोष्ठीमा बस्नुको औचित्य नभएको वैद्यले बताए । अर्को प्रसंगमा अध्यक्ष वैद्यले माथिल्लो कर्णालीको पिडिए राष्ट्रहित विरोधी भएका बताए । उनले आफ्नो देशलाई अन्धकारमा राखेर नेपालको सम्पदा विदेशीलाई दिन नहुने बताए । देशकै लगानीकर्ताले बनाउन सक्ने परियोजनालाई विदेशीका हित हुने गरि सम्झौता भएकाले आफूहरुले विरोध गरेको वैद्यले बताए । अविचलित यात्रामाथि टिप्पणी गर्दै वैद्यले जनयुद्धमा महिलाहरुको भूमिकालाई अगाडी ल्याउन सहयोग गरेको बताए ।
उक्त कृतिमाथि प्रगतिशिल लेखक संघका अध्यक्ष अमर गिरी, साहित्कार डा. जगदिशचन्द भण्डारी, समालोचक रमेश भट्टराई, महिला अधिकारकर्मी डा. रेणुराज भण्डारीले टिप्पणी गरेका थिए ।

प्रतिक्रियाहरु