साहित्य र कला विचारधारात्मक र राजनीतिक सङ्घर्षको भिन्न मोर्चा

२०८० चैत्र २५ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लेखक अनिल सीले साहित्य र कला, विचार धारात्मक र राजनीतिक सङ्घर्षको भिन्न मोर्चा भएको बताएका छन् । शनिवार आयोजित लेखक तिलक शर्माकृत संस्मरण सङ्ग्रह ‘बन्द पर्खाल’ को लोकार्पण कार्यक्रममा मन्तब्य राख्दै उनले सो कुरा बताएका हुन ।
उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नीप्रसाद सापकोटा ‘कञ्चन’ले माओवादी नेताहरूको रुपान्तरण हुनुपर्ने बताए । कार्यक्रममा समालोचकहरु अनुपमा रेग्मी, बालकृष्ण अधिकारी, ईश्वरचन्द्र ज्ञवालीले कृतिमाथि टिप्पणी गरेका थिए ।
भुँडिपुरण प्रकाशनले प्रकाशित गरेको कृतिको लोकार्पण कार्यक्रमको अध्यक्षता संस्थाका प्रबन्धक केशव पराजुली र सञ्चालून लेखक तथा पत्रकार खेम थपलियाले गरेका थिए ।

प्रतिक्रियाहरु