सार्वजनिक विश्वासको `पुनर्गठन´ र समाजवादी मोर्चा

२०८० चैत्र १९ गते, सोमबार
सविन सी  

   

                          गत फागुन ६ गते सुदुरपश्चिमको वझाङ जिल्लामा रहेको बुङ्गल नगरपालिकाको केन्द्र बीचगडा पुगेको थिएँ, सर्वपक्षिय अन्तरक्रिया कार्यक्रममा भाग लिन ।अन्तरक्रियाको आयोजना नेकपाका स्थानीय पार्टी  समितिहरुले गरेका हुन् ।  वर्तमान राष्ट्रिय संकट र समाधान शिर्षकको ,अवधारणा‐पत्र बोकेर म त्यहाँ पुगेको हुँ ।आमन्त्रीत वक्ता, श्रोता  र नेकपाका नेता‐कार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम स्थलका हल भरिने गरेका छन् ।सहभागिहरु मध्य केही स्थानीय सरकारका प्रतिनीधि, एमाले,काँग्रेस,माओवादी र रास्वपाका,प्रदेश र जिल्ला स्तरका नेता पनि छन्,स्थानीय बुद्धिजीवी र ब्यापारीको सहभागिता उल्लेखनीय छ ।यस्तो सर्वपक्षीय अन्तरक्रियामा फागुन ८ गते बैतडीको पाटन,फागुन १० गते डडेल्धुराको जोगबुडा,फागुन १२ गते कंन्चनपुरको भीमदत्तनगर,फागुन १४ गते कैलालीको वर्दगोरियामा पनि सहभागि हुने अबसर मिलेकोछ ।
    सुदुरपश्चिमको सार्वजनिकवृत सँगको सर्वपक्षीय विमर्श मेरो लागि पहिलो भएकोले टिप्पणीकर्ताका अनुभूति,सुझाप र आलेचना सुन्ने  खुलदुुली मलाई अधिकनै थियो ।मैले सहभागिहरु साँमु अवधारणा‐पत्र प्रस्तुत गदै गए ।,भ्रष्टाचार विरोधी अभियान सन्चालन गर्ने क्रममा राज्यको दुइ वर्षे प्रतिवन्ध झेलेको, अहिले आत्मनिर्भर उत्पादनको नीति बोकेर श्रम उत्पादन सँग आफू स्वयं जोडिएर स्वाधीनता र समाजवादको उर्जाशील हुटहुटी बाँडिरहेका विप्लव सीले नेतृत्व गरिरहेको पार्टी भएर पनि होकि, हाम्रा धारणाहरुमा श्रोताहरुको आकर्षण र रुची राम्रो देखियो ।,औचित्यहीन लामा भाषण र प्रस्तुति सुन्ने र कुर्ने,धैर्यतामा  नेपाली सामाज अब छैन।,वरु विकृत अर्थराजनीतिक कुरुपताका कारण समाजमा विकसित भइरहेको नकारात्मकता,आक्रोश,संशय र असन्तुष्टिको चर्को हमलामा छ आजको राजीतिकवृत । सहभागिहरुको टिप्पणी,आक्रोश,सुझाव र प्रश्न धैर्यतापूर्वक सुन्न तयार नभएर एकोहोरो उपदेश र जवाफ दिने सनातनी भाषणशैलीले,आजित नागरिकहरुलाई मन खोलेर दोहोरो संवाद गर्ने गरि अन्तरक्रियामा समयको ब्यवस्थापन गर्ने गरिएको छ ।
     अब,टिप्पणी कर्ताहरुले ब्यक्त गरेका आशा, आशंका,जिज्ञासा,प्रश्न र सुझावका केहि  अंशहरुको सारसंक्षेप नियालौं ‐अन्तरक्रिया समसामयिक छ,यसलाई वडा तहसम्म विस्तार गर्नुपर्छ ।यो पार्टीले अबलम्बन गरेको उत्पादन नीति सवैले अनुसरण गर्नुपर्छ,राष्ट्रियता प्रतिको यो पार्टीको अडान ठिक छ।,नेपालका नेताहरू सत्ताको लागि जस्तोसुकै अनुचित सम्झौता गरिरहेका छन्।कमरेड विप्लव लाई एकपटक कामगर्ने अबसर दिएर परिक्षण गर्नुपर्छ ।नेपालमा समाजवादी प्रणाली जरुरी छ ,(शिक्षक प्रतिनिधिको भनाइ)।व्यवस्था र कुनै दल खराब छैनन् ,नेताहरुको आचरण खराब छ,यसलाई सुधार्नु पर्छ(काग्रेस,रास्वपाका प्रतिनिधिको भनाइ )।,६९३ खरव पैसा छापिएको छ,तर बजारमा १६५ खरब मात्र छ,अरु पैसा कहाँ छ?खोजतलास गरौं ।,केपी वली आउँदा स्वागतको लागि कोटपाइन्ट सिलाउन गाउँ पालिकाले ७ लाख खर्च गरेको पाइएको छ।भ्रष्टाचार नभएको कुनै क्षेत्र बाँकिछैन।,समाजवाद साम्यवादका कुरागर्ने कम्युनिस्टहरुनै किन बढी टुट्फुट हुन्छन ?(काग्रेसका प्रतिनिधिको प्रश्न)।,पार्टी टुटफुट भएपछि घाटा भएको छ,यो संसदीय ब्यवस्था चल्दैन ,समाजवादी मोर्चाले ब्यवस्था परिवर्तनको नेतृत्व गर्नुपर्छ,विप्लव अब सबैको नेता हुनुपर्छ (माकेका प्रतिनिधिको भनाइ)।,चंदा उठाउने काम ठिक भएन,विप्लवले चन्दा उठाउने नीति छैन भन्नुहुन्छ तर यता तपाईंहरु चंदा माग्नुहुन्छ (काग्रेसका प्रतिनिधिको भनाइ )।,वादको पछिलागेर केही प्राप्त भएन,विदेश जानेलाई रोक्ने योजना चाहियो ,कृषि काम राम्रो गर्नुभएको छ(नागरिक उन्मुक्ति पार्टीका केसको भनाइ )।,जति जोगी आए पनि कानै चिरिएका छन ,ब्यवसाय धरापमा छन ,सटरहरु बन्द हुँदै गएकाछ्न,भाडातिर्ने अवस्था छैन,रिनले बरबाद बनाएको छ,बैकमा किस्ता तिर्न सकिएको छैन।,सत्यनिष्ठापुर्वक काम गर्ने नेता भएनन,अब तपाइहरुले गर्नु पर्यो(उद्योग वाणिज्य सँघ बर्दगोरियाका अध्यक्षको भनाइ)।,राष्ट्रिय संकटको चिन्तन भएको छ,नेतालाई भेट्न होटलमा जान्न ,त्याग भनेको सुरुहुन्छ, अन्त्य हुँदैन ,अबसरवादीलाइ पार्टीमा हुलेपछी पार्टी खाइदिन्छ्न।देशका दुई सत्रु भ्रष्टाचारी र विदेशी दलाल हुन।,दुर्गा पसाईं जन्माउने केपी प्रचण्डहरु नै हुन ।अवसर पाएपछि बिग्रने गल्ती तपाइँहरुले पनि नगर्नुहोला,अब देशलाई समाजवादको खाँचो छ,(एमाले समर्थित बुद्धिजीवी लिला बस्नेतको भनाइ)।,विदेशीको इसारामा राजनीति फसेको छ ।,सत्तामोह अत्याधिक देखियो,असन्तुलित परराष्ट सम्बन्ध छ ,सत्ताको दुरुपयोग छ,भ्रष्टाचार चरम छ।पार्टीका नाममा सवै भ्रष्ट छन ।अब यिनीहरुलाई श्रीमतीले समेत भोट दिदैनन। तपाईंहरुले जनतामा जागरण अभियान चलाउनु पर्यो,अब मानिसहरुले पार्टी भन्दा राम्रो आचरण र बिचार भएको नेता खोजेका छन ,तपाईंहरुले संगठन विस्तारमा बल लगाउनु पर्यो।समाजवादी मोर्चालाई राम्रो बनाउनु पर्यो,माओवादी र कम्युनिस्टहरुले एकता गर्नुपर्यो।अहिले सबभन्दा बलियो सरकार स्थानीय सरकार हो ,यस्ले चाहे धेरै राम्रो काम पनि  गर्नसक्छ(माओवादी समर्थक शिक्षक संगठन कंचनपुरका जिल्ला अध्यक्षको भनाइ) ।२००७ साल देखिका समस्या जस्कातस छ्न,हल कस्ले गर्ने समस्या भएको छ,मानिसहरू राम्रोनराम्रो छुट्टाउदैनन,कम्युनिस्टहरुमा बिभाजन आएर समस्या आयो,एमाले बिग्रिएकै थियो माओवादी झन कामै नलाग्ने गरि बिगृयो।तपाईंहरु पनि चुनाव लडेर जनताको मतवाट परिक्षण हुनैपर्छ (एमाले डडेल्धुराका जिल्ला सदस्यको भनाइ)।युद्ध र क्रान्तिले राजनीतिमा ठुलो परिवर्तन ल्याएको हो।तर,नयाँ व्यवस्था ले पनि जनताको आर्थिक जीवन बदल्न नसक्दा बालेन रविहरु प्रति मान्छेको आकर्षण बढेको हो।,यिनको पनि दिशाहीन स्टन्टवाजी धेरै समय टिक्ने वाला होइन ।अब ,दुई पार्टी प्रणालीमा जानु पर्यो,नेपालमा पार्टी धेरै भए।,माओवादीले गरेका खरावीको घानमा तपाइँहरु पनि पर्नुभएको छ।तपाईहरुको श्रमशील मेहनत र बलिदानको सम्मान गर्छु ।काँग्रेस कम्युनिस्ट नाम मात्र फरक ,खराब आचरण सवैको उस्तै छ।यिनीहरु कसैको विश्वास छैन,युवाहरू सवै देश छोडेर गैरहेका छन ,देश कसरी बनाउनु हुन्छ?लोकतन्त्र ,समाजवाद र कम्युनिस्टको नाममा देश लुटिरहेका छन ,सवैले ध्यान पुर्याउनु पर्यो (क्याम्पस प्रमुख डम्बर कार्की, त्रिवेणी आदर्श बहुमुखी क्याम्पस, बुङ्गल बझाङ)।राष्ट्रले निकास पावस ,समाजवादी एजेन्डा लाई साझा एजेन्डा बनाएर जाँउ (काग्रेस समर्थित बुद्धिजीवीको भनाइ)।,अवधारणा-पत्र समय सान्दर्भिक छ,देश पाकिस्तान श्रीलंका जस्तै भएपछि, पछि कराएर के गर्ने?यो अबधारणा सवैतिर पुर्याउनु पर्छ । ,अहिले नै सवै सचेत हुनुपर्छ ।,सवैको सहमतिले नेपालमा संविधान बनेका छन ।संघीयता देशको सेतो हात्ती बनेको छ,।बिना कामका  संरचना हटाउनु पर्छ ।भ्रष्टाचार अत्याधिक मौलाएको छ।क्रान्ति गरेर आएकाहरु पनि उहीँ संसदीय ब्यवस्थाको कुकुरको मासु बेच्ने पसले भएपछि केही काम भएन,अरुलाइ दोष दिएर मात्र हुँदैन आफुले राम्रो काम गर्नसक्नु पर्छ ।संविधान संशोधन  गरेर राम्रो बनाउ,यो दस्तावेज साझा दस्ताबेज बनोस शुभकामना(नेपाली काग्रेस डडेल्धुराका निवर्तमान जिल्ला सभापति धर्मनन्द भट्टको भनाइ)।यो पदमा बसेर केही काम गर्न सकिएन, जनताका समस्या सम्बोधन गर्न नस्क्दा निकै पीडा हुन्छ ,माथीकाले बिगारे पछि तलवाट केही उपाए नचल्ने रहेछ (बुङ्गल नगरपालिका, बझाङका उपप्रमुख धन बहादुर बोहराको भनाइ )।यो लेखनीमा ,अन्तरक्रियामा व्यक्त टिप्पणी यति नै उल्लेख गरौं ।
    समाजको भूँइतहसम्मकै पीडा ,सर्वपक्षीय विमर्शहरुमा मुखरित भएको अनुभूति भएको छ । जनताको कष्टपूर्ण दैनिकीवाट विमुख सत्ता राजनीतिको गम्भिर विमर्शमा सहभागी जनता,मिडिया र बौद्धिक टिप्पणीको यो संक्षिप्त सन्दर्भ वाट के स्पष्ट हुन्छ भने-नेपालमा आफूलाई ठूला भनाइरहेका राजनीतिक पार्टी,नेतृत्व,प्रशासनिक संरचना र समाज सबैतिर सार्वजनिक विश्वास खस्किएको मात्र छैन,सार्वजनिक विश्वासको आधार भत्किदै,विघटनको अवस्थामा पुगेको छ ।सार्वजनिक विश्वास यसरी खण्डीत भइसकेको छकी,एटीएम वाट निकालेको पैसा समेत नेपाली नागरिकले ५ पटक दोहर्याएर गन्ती गरिरहेको अवस्था छ ।देशको राजनीतिक,आर्थिक,प्रशासनिक,न्यायीक र सामाजिक जीवनमा समेत सार्वजनिक विश्वासको यस्तो खडेरी पर्नु र विश्वासै विघटन हुनु भनेको देश,बहुसंकटको जालोमा फस्दै गएको तर मौजुदा नेतृत्व र प्रणालीे,समस्या र संकटको भारबहन गर्न असक्षम र अयोग्य सावित भएको प्रमाणिकता हो । काँगेस,कम्युनिस्ट र स्वतन्त्रको ब्रान्डमा आफुलाई ठूला बनाइरहेका सत्तासिन पार्टीका सिमित ठूला नेता,केहि व्यापारी र केहि भ्रष्ट कर्मचारीको गठजोडमा भइरहेको आर्थिक नैतिक अपचलनका काण्डैकाण्डले  समग्र राजनीतिमाथीनै वितृष्णाको ग्राफ बढेकोमात्र छैन, राजनीतिक आदर्श र विस्वास नै भताभुङ्ग अवस्थामा पुगेको  छ ।
       अब,समाजमा ब्याप्त नकारात्मकता,निराशा र सार्वजनिक विश्वास विघटनका कारणहरुको उत्खनन गरेर मात्र सार्वजनिक विश्वासको पुनर्गठन गर्न सकिन्छ ।-यसरी सार्वजनिक विश्वास विघटन हुनुका मुख्य कारणहरुमा विचलित र स्खलित नेतृत्व र राजानीति, वैदेशिक हस्तक्षेप र लाचार सरकार ,अस्थिर संसदीय प्रणाली , विचार ऐजेण्डाहिन गणितीय सरकारी गठजोड,चरम भ्रष्टाचार,वेथिति ,राज्यको भ्रष्टीकरणको तिब्रता ,न्युन उत्पादकत्व ,चर्को वेरोजगारी,श्रम र उत्पादन सँग नजोडिएको चुसाह राजनीतिक प्रशासनिक संयन्त्र,योग्यतम प्रणालीको विघटन,शिक्षा स्वास्थ्यको लथालिङ्ग अवस्थाले गर्दा नागरिक जीवन दिनप्रतिदिन कष्टकर बन्दै गएपछि नेपाली समाजमा विश्वासको तह यति कमजोर हुन पुगेको हो ।
  अब प्रश्न छ,गुमेको विश्वासलाई कसरी फर्काउने,विघटन भएको विश्वासलाई पुनर्गठन कसरी गर्ने ?यो  नेपाली राजनीतिका अगाडी खडा भएको सर्वाधिक चुनौतिपूर्ण विषय हो ।कसैकसैले आजभोलि , सच्चिने र रुपाण्तरण हुने कुरा पनि गर्ने गर्छन ।तर ,नेपाली समाजमा यस्तो कुरा पत्याउने वातावरण समेत भत्किसकेको अवस्था छ ।समाजनै विघटन र संघटनको चौवाटोमा उभिएको बेला, पुनर्गठनको उज्यालो विकल्पले मात्र समाजमा उत्साह र उर्जा प्रवाह हुन सक्छ ।नागरिकको सबै तहले अब नयाँ विकल्पको ब्यग्र प्रतिक्षा गरेको अवस्था छ ।पुरानो मरिसकेको तर नयाँ जन्मि नसकेर प्रसव पिडा बेहोरिरहेको समाजलाई सितलता,उर्जा र उत्साह भर्ने नयाँ विकल्प चाहिएको हुन्छ । स्वार्थी गठजोडको गणितीय हिसाबमा बन्धक बनेको प्रणाली भत्काउँदै समाज र जनता सँग जोडिने नेता र नीतिले मात्र  विश्वासको पुनर्गठन गर्न सक्छ ।आजको विज्ञान प्रविधिको युगमा नागरिक चेतना र आकांक्षा दुईटै अत्याधिक बढेको छ ।,यस्तो समाजमा वासि तर्क,बहस, भाषण,खुराफात र स्टन्टको कुनै औचित्य छैन । त्यसैले ,राजनीतिमा सिद्धान्तनिष्ठ आदर्श आचरण र ब्यवहार, स्थिर राजनीतिक प्रणाली,आर्थिक क्षेत्रमा उत्पादन,रोजगारी र समृद्धिमा समानता,प्रशासनिक,सुरक्षा,न्यायिक,राजनीतिक सामाजिक क्षेत्रमा योग्यतम प्रणालीको निर्माण,समानता र सहकार्यमा आधारित बैदेशिक नीति लागु गर्न सक्ने योग्यतम,सक्षम र संकटको भारबहन गर्न सक्ने स्थिर ब्यवस्थापिका,कार्यपालिका,न्यायपालिका , प्रशासनिक संयन्त्रको निर्माण र विकास गर्ने नयाँ अर्थराजनीतिक प्रणालीले मात्र अब, सार्बजनिक विश्वासको पुनर्गठन गर्न सक्छ ।
    अब सच्चिने र रुपाण्तरणको मात्र कुरा गरेर जनता अलमलाउने समय सकिएको छ।, सार्वजनिक विश्वास पुनर्गठन गर्ने समय आएको छ ।पुराना मान्यता र प्रणालीले समाजको आकांक्षा सम्बोधन गर्न नसकेपछि नयाँ मान्यता र प्रणाली  निर्माण गदै जानुपर्छ ।यँहा त नागरिकहरु नँया विकल्पको प्रतिक्षामा छन् ।तर, राजनीतिज्ञहरु गणितको पुरानो हिसाबकिताब गरेर नागरिक जीवनलाई बन्धक बनाइरहेका छन् ।राजनीति अंक गणितको नियमले चल्दैन,समाज विज्ञानको गतिशील नियमले चल्छ ।सामाजिक गतिशीलताको नियमले नेपाली विशेषताको समाजवादी प्रणाली खोजिसकेको छ।अझै ,कसैकसैले फेरि भनिरहेका छन्,चुनावी मिसन चौरासी ।बहुमत मात्र होइन दुईतिहाइ आएपनि यो प्रणालीले देश र जनताले बेहोरिरहेको संकटको भार बहन गर्नै सक्दैन भन्ने कुरा नेपालमा अहिलेसम्म  बनेका कुनै पनि  सरकारहरु ५ वर्ष चल्न नसकेका तथ्यहरु वाट स्पष्ट हुन्छ । जस्तो, २०१५सालमा काँग्रेसले प्राप्त गरेको दुईतिहाइको बहुमतको सरकार ,४८ सालको काँग्रेसकै बहुमतको सरकार ,६४ सालको माओवादीको बहुमत नजिकको सरकार,२०७४ सालको नेकपाको नामवाट बनेको  बहुमतको सरकार यी सबै सरकार पूरा अवधित टिकेनन टिकेनन, बरु सरकारकै बारेमा मतभेद भएर  पार्टीनै विभाजित भए। स्थिरता कायम गर्न असफल सावित भए।त्यसैले, जनमत लाई गणितमा बदलेर सत्ताको रस चुस्दै बस्ने संसदीय खेल खेलेर ,नागरिक आकांक्षा र आवस्यकता अबरुद्ध गरिरहने मुर्खतापूर्ण उपक्रमहरु अब दोहर्याउनु हुँदैन ।
      नेपाली समाजले यतिबेला आफ्ना दु:खभञ्जक गर्ने राजनीतिक नायक र शक्ति खोजेको छ। यस्तो समयमा समाजमा सबैले पत्याउने,विश्वास गर्ने ,नीति ,आचरण व्यबहार  प्रति  दृढ आस्था ,पत्यार ,श्रद्धा र आड भरोसा कायम गर्न सक्ने राजनीतिक सामाजिक शक्ति र नेतृत्वले मात्र सार्वजनिक विश्वासको पुनर्गठन गर्नसक्छ। यस्तो शक्तिको निर्माण र विकास गर्ने  युगान्तकारी प्रक्रियामा  समाजवादी मोर्चाको गठन हुन पुगेको छ ।मोर्चाले समाजका सवै तहको, राजनैतिक सार्वजनिक स्वीकारोक्तिको दायरा फराकिलो बनाउदै लगेकोले,विश्वास र लोकप्रियताको ग्राफ उच्च बिन्दुमा पुग्ने संभावना बलियो हुँदै गएको छ।अहिले ,मोर्चाको गठनले समाजका विभिन्न तहमा नयाँ आशा र बिश्वास सिञ्चित गरेकोछ। नेपाली समाजमा सार्वजनिक विश्वास पुनर्गठन गर्दै समग्र नागरिक जीवनमा नयाँ उत्साह र उर्जा भर्नु नेपाली राजनीतिको अहिलेको मुख्य जिम्मेवारी हो।नेपालीजनमा मौलाइरहेको मौन विद्रोह संगठित विद्रोहमा रुपाण्तरित नहुँदै, सार्वजनिक विश्वास पुनर्गठन गर्ने अभियानमा सामेल नहुने हो भने,संगठित विद्रोहको मुस्लोमा भस्म हुने संम्भावना वाट, गणितीय राजनीतिमा लिप्त ठूलासाना नयाँ पुराना राजनीतिज्ञ `कसैलाइ,कसैले´ बचाउन सक्ने छैन ।
-लेखक : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रियाहरु