८ मार्च र महिला आन्दोलन

२०८० फाल्गुन २६ गते, शनिबार
राजकुमारी सी



अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै आएको आज ११४ वर्ष पुरा भएको छ । हामीले श्रमिक महिला दिवसलाई भव्यताका साथ मनायौं । हामीले नेपालमा आठ मार्च मनाउदै अएको पनि धेरै वर्ष भएको छ । आठमार्च देखि आजसम्म भएका महिला संघर्षका कारण नेपाली महिलाले केही अधिकार प्राप्त गरे पनि समग्रमा महिला मुक्ति हुन सकेको छैन । उनीहरूले चाहेको राजनीतिक व्यवस्था र पितृसत्तावादी दमन र उत्पिडनको अन्त्य गर्ने राजनीतिक व्यवस्था अहिले सम्म पनि स्थापीत हुन सकिरहेको छैन । यो प्रश्न नै अहिलेको महत्त्वपूर्ण विषय हो ।
महिलामाथि परापुर्वकाल देखि नै निरन्तर दमन, उत्पीडन र विभेद हुँदै आएको छ । यस्ता विभेद र उत्पीडतविरुद्ध महिलाले संघर्ष,प्रतिरोध र विद्रोह गर्दै आइरहेका छन । दासीको रुपमा महिलाहरुलाई किनवेच गर्ने दास व्यवस्थाको उत्पिडन देखि जीउदै चितामा जलाउने जंगली वरवरता भएको सामन्तवादी व्यवस्थाको शोषण र उत्पीडन हुदै सडकमा नंग्याएर सामान जस्तै महिलाको मोलतोल गरिरहेको यो पँुजीवादी महिलाविरोधि व्यवस्थाको अममानका विरुद्ध महिलाले निकै ठूला संघर्ष गरेर यहाँसम्म आईपुगेका छन । तर हामी महिलाहरुलाई अहिले पनि दमन उत्पिडन , अन्याय गरिरहेका छन र हामी मानव सरह समान तरिकाले वाच्न पाईहरेका छैनौ । हामी महिलाहरु पुर्ण रुपमा मानवसरह अधिकार ज्ञारेण्टि नभए सम्म संघर्षलाई अझ स्पातिलो,रापीलो वनउनुपर्ने थप जिम्मेवादी हाम्रो काँधमा आएको छ ।
१८ औं शताब्दी देखि बेलायतवाट सुरु भएको औद्योगिक क्रान्ति त्यो क्रान्तिकले पारेको प्रभावले महिलालाई पनि श्रमिकका रूपमा श्रमबजारमा जवरजस्त प्रवेश गरायो , तर उनीहरू माथिको शोषण र उत्पीडन अहिले सम्म पनि अन्त्य हुनसकेको छैन । मानव जाती र महिला दासी वनाउने दासप्रथा विरुद्धको सशक्त प्रतिरोध र विरोध हुँदै कलकारखाना र उद्योगमा हुने हिंसा,शोषण र विभेदका विरुद्ध उठेको आवाज १९ औं शताब्दीको मध्यतिर आइपुग्दा पितृसत्तात्मक शोषण विरुद्धको प्रतिरोधी आन्दोलनले महिलाको मतदानको अधिकार स्थापीत गरायो र पुरुष वरावर समान अधिकार र अवसरको मागहरु पनि अधिकारमा स्थापीत हुन पुग्यो । विशेषगरी श्रमिक महिलाको न्याय, अधिकार र समानताका पक्षमा क्लारा जेट्किन, रोजा लक्जम्बर्ग आदिको नेतृत्वमा सशक्त आन्दोलन र प्रतिरोध भएका थिए । तिनै महिलाको प्रतिरोधी आन्दोलनसँगै विश्वभरि नै महिलाहरु आन्दोलीत हुने र आफ्ना अधिकारहरु स्थापीत गर्न अगडी सरेका छन । महिलाहरुको आन्दोलनको चेतनाको जग नै क्लारा जेट्किीन र रोजाहरुको नेतृत्वमा भएको आन्दोलनले वसालेको हो । यसैको उर्जाले विश्वभरि र नेपालमा पनि महिलाहरु आफ्नो न्याय, मुक्ति र समानताका लागि निरन्तर संघर्ष गर्दै आईरएका छन । १९७३ सालमा योगमाया न्यौपानेले सुरु गरेको आन्दोलनले महिलामाथि हुने सबै किसिमका अत्याचारको अन्त्यको आह्वान गरेको थियो । उनको अभियानले अत्याचारी राणा शासकको मात्रै होइन, महिलामाथि हुने विभेद विरुद्ध सशक्त आवाज उठाएको थियो । २००७ सालको राजनीतिक क्रान्तिको समयमा सूचनाको आदानप्रदान गर्ने राममाया च्यामेदेखि पञ्चायती शासनविरुद्धको संघर्षमा पनि नेपालका महिलाहरुले गरेको बलिदान धेरै महत्तोको छ । पञ्चायती प्रतिबन्धको समयमा महिलालाई राजनीतिक रूपमा संगठित गर्ने, निरंकुश व्यवस्था विरुद्ध लड्ने मात्रै होइन, पितृसत्ताको दमन विरुद्ध महिलालाई संघर्षको मैदानमा ल्याउने काममा नेपालको महिला आन्दोलनको महत्वपूर्ण भूमिका रहेको पाईन्छ ।
नेपालको महिला आन्दोलनले एक सय वर्षभन्दा लामो संघर्ष गरिसकेको छ । त्यही आन्दोलनले अहिलेको यो थोरै उपलब्धि हासिल गरेको चाई सत्य हो । अहिले पनि महिला आन्दोलनले महिलाहरुलाई राजनीतिक–सामाजिक रूपमा संगठित गर्दै महिला अधिकारका मुद्दालाई सशक्त रूपमा उठाइरहेका छन । उनीहरूमा आएको जागरण, सशक्तीकरण र प्रतिरोधी चेतनालाई महिला आन्दोलनको उपलब्धिका रूपमा लिन सकिन्छ । महिलाको विद्रोह र शसक्त .प्रतिरोधको नमुना २०५२ साल फागुन २ गतेवाट सुरु भएको माहान जनयुद्धको वेला राजनीतिक व्यवस्था परिवर्तन र महिला मुक्तिका लागि वन्दुक वोकेर सामन्ती शासनका विरुद्ध सेनामा महिलाहरु धमाधम भर्ती भए र राष्ट्रकालागि वलिदान गरेर जनताको विरंगना सहिदको कोटामा नाम लेख्ने देखि जेल वस्ने र जेलव्रेक समेत गर्ने कु्शल महिला कमाण्डरहरु नै अग्रभागमा देखिए । लडाईका मोर्चाहरुमा कैयौं पुरुष कमाण्डरहरु भन्दा अव्वल भएर लडाईहरु जीतेको इतिहाँस हाम्रा अगाडी ताजै छ । मेलापात र चुलोचौकोमा कैद गरिएका महिलाहरुले हतियार वोकेर लडाईका किल्लाहमा धावावोल्ने र जीत्नेकुरा चानचुने विषय थिएन । यो विषय पनि रोजा र क्लारा जेट्किनहरुले गरेको संघर्ष भन्दा कम थिएन । आफ्नो परिवार र समाजवाट हेपीएकी छोरी वुहारीलाई एके फोटीसेभेन वोकेर हिड्ने गौरवमय अवसर माहान जनयुद्धले दियो र महिलाहरुकै अदम्य साहास,विजय,योगदान र बलिदानकोकारण वर्तमान समयमा नेपालको सरकारमा महिला अधिकारको सवाललाई राजनीतिक एजेन्डाका रूपमा स्वीकार गर्न बाध्य भएका छन । यसैगरी महिलाको राजनीतिक प्रतिनिधित्वका सन्दर्भमा एक हदसम्म उपलब्धि हासिल भएको छ । राज्य र राजनीतिक पार्टीमा कम्तीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनैपर्ने कानुनी व्यवस्था भएको छ तर कार्यन्वयनमा आउन वाँकी नै छ । प्रतिनिधिसभामा ९१ जना (३३.०९ प्रतिशत) महिलाको प्रतिनिधित्व छ भने प्रदेशसभामा २०० जना (३६.३६ प्रतिशत) प्रतिनिधित्व पुगेको छ । १३ जना मेयर र १२ जना गाउँपालिका अध्यक्ष गरी २५ वटा स्थानीय सरकारको नेतृत्व महिलाले गरिरहेका छन् भने २३३ उपमेयर र ३३५ उपाध्यक्षको भूमिकामा छन । यसैगरी ६९ वटा वडाको नेतृत्व महिलाले गरेका छन । अहिलेको भरखरै निर्माण भएको गठबन्धन सरकारमा पनि ४ जना महिला मन्त्री छन । (स्रोत ः स्थानीय तहको डाटावाट) सुरक्षा निकायमा ३३ प्रतिशत महिला फौजीको भर्ति समेतका अधिकारको ज्ञारेण्टि गर्ने काम नेपाली महिला आन्दोला र जनयुद्धमा महिलाहरुले गरेको उत्साहाजनक सहभागिताले सम्भव भएको उपिलव्धी भएको हो । तथापि, तीनै तहको सरकार र प्रतिनिधिसभामा भएको प्रतिनिधित्व अहिलेको पुँजीवादले महिलाहरुमा पितृसत्तावादी हैकम लादेको छ । यसैगरी सैद्धान्तिक रूपमा महिलाको पैतृक सम्पत्तिमा समान अधिकार, स्वास्थ्य, शिक्षा र रोजगारीको अधिकारमा विशेष व्यवस्था हुने संवैधानिक व्यवस्था गरिएको छ तर लागुहुन सकेको छैन । यसका साथै महिलामाथि हुने हिंसा, सांस्कृतिक दुव्यवहारविरुद्ध राज्यको उचित पहल कदमी पुगेको छैन । यसरी हेर्दा महिला अधिकारको कोणबाट केही सुधारवादी उपलब्धि भएका छन । तर राजनीतिक रूपमा पितृसत्तात्मक शक्ति सम्बन्धको अन्त्य गरी समान राजनीतिक शक्ति–अभ्यास गर्ने परिस्थिति निर्माण भएको छैन । यसैगरी सम्पत्तिमाथि समान अधिकार स्थापित नहुँदासम्म महिलामाथिको दमन र घरेलु हिंसाले निरन्तरता भईरन्छ । त्यति मात्रै होइन, नेपाली समाजमा महिलालाई हेर्ने सामाजिक दृष्टिकोण र व्यवहार निकै फरक छ । महिलाको ज्ञान, क्षमता र सामथ्र्यलाई सहजै स्वीकार नगर्ने र मनोवैज्ञानिक रुपमा कमजोर बनाउने पितृसत्तावादी सोच अहिले पनि हावी छ । समाजमा महिलामाथि हुने मनोवैज्ञानिक हिंसा अहिले पनि कायमैछ ।
अहिलेको व्यवस्थामा मुख्य शक्ति भनेका राजनीतिक दलहरु नै हुन । सैद्धान्तिक रूपले नेपालका सबैजसो पार्टीले महिला अधिकारलाई स्थापीत गर्नुपर्छ भनि स्वीकार गरेका छन । तर पार्टीको अध्यक्ष महिला वनाउनेमा कुनै पर्टीले अभ्यास गरेको पाईदैन,किनकी पार्टीका नेताहरु नै पितृशत्तावादी सोचले ग्रसित छन । महिलाहरु सक्दैन यीनीहरु कमजोर हुन्छन र पार्टी चलाउन सक्दैनन भन्ने चिन्तन नै पुरुषवादी सोच हो । जबसम्म विचार र नीति निर्माण गर्ने भूमिकामा महिलाको हस्तक्षेपकारी प्रतिनिधित्व हुँदैन ती पार्टीले महिला मुक्तिका लागि ठोस काम गर्नै सक्दैन । त्यसैले अहिलेको राज्य सत्तामा महिलाको भुमीका के हुने र कसरी महिलाहरुको प्रतिनिधित्व गरेर लिने भन्ने विषयमा राजनितिक पार्टीहरुका विचमा वहस हुदैन भने त्यो महिलामैत्री पार्टी वन्न सक्दैन । हरेक पार्टीमा यसको समिक्षा हुन जरुरी छ । मूलतः महिलाले चाहेको राजनीतिक व्यवस्था र पितृसत्तात्मक शक्ति–सम्बन्धको अन्त्य गर्ने,आर्थिक स्वमीत्व महिलाको वनाउने राजनीतिक विचार निर्माण अहिलेको महिला आन्दोलनको महत्वपूर्ण विषय हो ।
त्यसैले नेपाली महिलाको लामो संघर्ष र आन्दोलनका कारण सानोतिनो अधिकार प्राप्त गरे पनि समग्रमा महिलाहरु अहिले पनि अधिकार प्राप्तिवाट वन्चित नै छन । नेपालमा अहिले दलाल पुँजीवाद र निगम पुँजीवादी व्यवस्था छ ।, यो व्यवस्था भगमान भरमा पुरुषवादी सत्तावाट गाइडेड व्यवस्था हो यहाँ महिलाहरुको अधिकार स्थापित हुने कुरा असम्भव छ । हिजो हुने हिंसा र शोषण अहिले पनि जारी छ केवल आज तरिकाहरुमा फरक भएका हुन महिलामाथि हुने दमन अन्त्य भएको मान्न सकिदैन । अहिले पनि महिलाहरुलाई हेप्ने परम्परा कायमै छ । छोरी पेटमा आउना वित्तिके भु्रण हत्या गर्ने प्रचलन छ । छोरीहरुलाई विभेद गरिन्छ । उनिहरलाई पुरुषहरु वरावर ज्याला दिईदैन । वलात्कारका घटनाहरु झनै तिव्र भएको पाईन्छ राज्यले यस्तो घटना निर्मुल पार्ने भन्दा पनि ढाकछोप गरि निहत्था नारिहरुमाथि अन्याय गरिरहेको छ । निर्मला पन्त,भागिरती र अहिले शालिन पोर्खेल लगाएका वालिक नारीहरु वलात्कृत गरि मारिन वाध्य भएका छन । यसको कुनै अनुसन्धान नियन्त्रणको कारवाहीको पहल गरीएको छैन । यस्ता घटना गुमनाम गरिन्छ जसको कारण यसले अन्य नयाँ घटनाहरु एकपछि अर्को निम्त्याईरहेकोछ ।
महिलाहरुलाई दमन,शोषण र उत्पिडन गर्ने कार्य आजको परम्परा होईन । यो मानव सभ्यताको विकास सँगै प्रारम्भ भएको हो र अहिले सम्म निरन्तर चलिरहेको छ । शोषण र उत्पिडनका तरिकाहरुमात्र फेरिएको अवस्था छ । दास युगमा महिलालाई दासी वनाईएको थियो र सामन्तवादी युगमा महिलाहरुलाई मनोरन्जन र वच्चापाउने मेसिनको रुपमा प्रयोग गरियो । आज पुँजीवादी युगमा महिलाका सरीरहरु नांग्यायर विशाल वजारमा विक्रि गर्न राखिएको सामान जस्तो वनाइएको छ । विज्ञापनको साधनको रुपमा प्रयोग गरिरहेको छ ।,मनोरन्जनको साधनको रुपमा वजारमा मोलतोल गरिरहेको छ । पँुजीवादले पैसामा साटेर महिलालाई मनोरन्जनको वस्तु वनाईरहेको छ । महिलाहरु पनि मानव हुन,यीनीहरुका पनि मानिसका जस्तै स्वोतन्त्र इच्छा चाहानाहरु हुन्छन । यीनिहरुपनि वौद्धिक क्षमता भएका मानवहरु हुन र यीनिहरुसँग पनि दार्शनिक,वैज्ञानिक,राजनीतिज्ञ वन्ने क्षमता हुन्छ र नयाँ अनुसन्धान गरि देश विकास गर्न सक्ने कुशल क्षमता हुन्छ भन्ने कुरा नै यो पूँजीवादले भुलाई दिने काम गरेको छ । महिलाहरु कमजोर होईन पुरुषहरु भन्दा ज्ञान,चेतना,साहास,वल र वुद्धिमा समेत अझ एक कदम अगाडि नै हुन्छन । महिलाहरुले पनि सत्ताको नेतृत्व गर्नसक्छन भन्ने कुरा स्थापीत गरेर लिने संघर्षको थालनी गर्ने वेला भएको छ । यसका लागि पुँजीवादी व्यवस्थावाट होईन समाजवादी व्यवस्था प्राप्तिमा मात्र यो कुरा सम्भव हुन्छ । त्यसका लागि सवै नेपालका वामपन्थि,कम्युनिस्ट र समाजवादीहरुको एकतासँग महिलाहरुको महान पर्व आठ मार्चलाई जोड्न सक्यौं भने मात्र हाम्रो अधिकार र महिला मुक्ति सम्भव हुनेछ । र संघर्षले नयाँ सार्थक परिण्राम प्राप्त गर्ने छ । अजसम्मका महिला आन्दोलन र वलिदानको औत्यि सावित हुनेछ । हामीले आठ मार्चलाई एसरी वुझेर मनाउनु पर्दछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु