साहित्यकार एवम् मार्क्सवादी चिन्तक डा.ताराकान्त पाण्डेयको बस दुर्घटनामा निधन

२०८० पुष २८ गते, शनिबार


काठमाडौँ । साहित्यकार एवम् मार्क्सवादी चिन्तक प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयको बस दुर्घटनामा मृत्यु भएको छ । प्रगतिवादी साहित्यमा समर्पित पाण्डेय इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत थिए । हाल उनी मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा स्कुलिङ विभाग सदस्य थिए । पार्टीले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको बस दुर्घटनामा परी निधन भएको हो ।
बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस गएराति १०ः३० बजे भालुवाङनिर राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ का ६५ वर्षीय पाण्डे, मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय र बाँके नेपालगन्जकी ६० वर्षीया कुसुम बस्नेतसहित १२ जनाको मृत्यु भएको हो।
दुर्घटनाका घाइते मध्ये १४ जनाको बाँकेको कोहलपुरस्थित मेडिकल कलेज, ७ जनाको बुटवल र दुई जनाको दाङमै उपचार भइरहेको छ ।
कोहलपुर मेडिकल कलेजमा उपचाररत घाइतेहरूमा बसका सहचालक बाँकेको राप्तीसोनारी गाउँपालिका(२ का ३१ वर्षीय कुलबहादुर गोसाई, बाँकेको नेपालगंज उपमहानगरपालिका – १९ का ३५ वर्षीया लिला वली, अर्का सहचालक बाँकेको बैजापर गाउँपालिका – ३ का २१ वर्षीय शंकर थारु, भारतको बहराईज मटेराका २८ वर्षीय राहुल कुमार यादव र २० वर्षीय छोटी सलौटा, कालिकोटको माहाबै गाउँपालिका – ५ का ४५ वर्षीय तिलकप्रसाद उपाध्याय, बाँकेको नेपालगंज उपमहानगरपालिका – १२ का २४ वर्षीय आसतोस गौतम र बाँकेको डुडुवा गाउँपालिका– १ का २५ को मोहमद जावेद छन् ।
त्यस्तै नेपालगञ्ज मेडिकल कलेजमा बर्दियाका २२ वर्षीय साजिव थारु, बाँकेका १८ बर्षीइ दशरथ विक, बाँकेकै १९ वर्षीय निफख खान, डोल्पाका ३५ वर्षीया धनकली बढा, बाँकेका २० वर्षीय कोरिन्जन कोरी र बाँकेका २० वर्षीय अवाज नाउ छन् । इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार उनीहरूको पूरा ठेगाना खुलिसकेको छैन ।
घाइतेमध्ये ७ जनालाई बुटवल पठाइएको छ । बुटल पठाइएका घाइतेहरूमा काठमाडौंको चाविहलका ४४ वर्षीय सुवास सार्की, रौतहटका २६ वर्षीय संजय कार्की, जुम्लाका १९ वर्षीय विशाल बोहोरा, काठमाडौंकै ११ वर्षीया आज्ञा पाण्डे, ३८ वर्षीया मञ्जु शर्मा, २३ वर्षीय सन्जु बढवाल र ४५ वर्षीय राधा पाण्डे छन् ।
जुम्लाको हिमा गाउँपालिका(४ का २० वर्षीय बालकृष्ण शाही र बाँकेको कोहलपुरका २१ वर्षीय धनबहादुर पुन मगरको भालुवाङमै उपचार भइरहेको छ ।
चालक सल्यानको त्रिबेणी गाउँपालिका – ४ का २८ वर्षीय लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रियाहरु