१९औं एसियाली खेलकुद: महिला कबड्डीमा नेपालद्धारा बंगलादेश पराजित

२०८० आश्विन १५ गते, सोमबार

काठमाडौं । चिनमा जारी १९ औं एसियन गेम्सको महिला कबड्डीमा नेपालले पहिलो खेल जितेको छ । आज बिहान भएको समुह ‘बि’ को पहिलो खेलमा नेपालले बंगलादेशलाई ३७–२४ ले हराएको हो । नेपालले अब दोस्रो खेलमा मंगलबार इरानको सामना गर्नेछ । एसियन गेम्सको महिला कबड्डीतर्फ समुह ‘बि’ मा नेपाल, बंगलादेश र इरान छन्भने समुह ‘ए’ मा भारत, दक्षिण कोरिया, चाइनिज ताइपेइ र थाइल्याण्ड सहभागि छन् । योे जितसँगै नेपालले कबड्डीतर्फ पदक जित्ने संभावना बलियो पारेको छ । कबड्डीमा सेमिफाइनल पुग्ने दुबै टोलीलाई कास्य पदक दिने व्यवस्था रहेकोले नेपालको पदक जित्ने संभावना बढेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु