नेपाल एसियन गेम्सको क्रिकेटतर्फ क्वाटरफाइनलमा प्रवेश

२०८० आश्विन १४ गते, आईतवार

काठमाडौँ । नेपाल एसियन गेम्सको क्रिकेटतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । चिनको ह्याङचाउस्थित जेझियाङ विश्वविद्यालयको खेल मैदानमा आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनायो । नेपालको लागि कप्तान रोहित कुमार पौडेलले ५२ रन जोड्दा कुशल मल्लले अविजित ४७ रन जोडे । यसैगरि गुल्शन झा र कुशल भुर्तेलले समान ३५ रनको योगदा नदिए । जवाफमा २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले १९ ओभर ३ बलमा अलआउट हुनुपूर्व ७४ रन मात्रै बनाउन सक्यो । उसका लागि अब्दुल घानीले सर्वाधिक ३६ रन जोडे । बलिङतर्फ नेपालका अबिनाश बोहोराले ६ विकेट लिए । अन्तिम ओभरको सुरुवाती तिन बलमा ह्याट्रिक गरेका अविनाशले माल्दिभ्सको अन्तिम तिन ब्याटरलाई पभेलियनको बाटो देखाए ।
उनले खेलको छैटौं ओभरमा पनि तिन जना ब्याटरलाई आउट गरेका थिए । जितसँगै नेपालले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । एसियन गेम्सको क्रिकेटतर्फ भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशलाई सिधै क्वाटरफाइनलमा स्थान दिईएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु