Seven Side खुल्ला पुरुष फुटबल प्रतियोगितामा सी युवा क्लब विजयी

२०८० आश्विन ६ गते, शनिबार


काठमाडौँ । गौरीगंगा नगरपालिका वडा नम्बर १० कैलालीले आयोजना गरेको Seven Side पुरुष खुल्ला फुटबल प्रतियोगिताको सुरुवाती चरणमा सी युवा क्लबले विजयी हासिल गरेको छ । सी युवा क्लब कैलालीले मुसुरिया एकेडेमी कलबलाई २–१ गोलको अन्तरले पराजित गरेर सुरुवाती खेलमा आफ्नो जित हासिल गरेको हो । खेल गौरीगंगा नगरपालिका वडा नम्बर १० को उदयासीरको घरेलु मैदानमा भएको थियो ।
मसुरिया एकेडेमीले १ गोल बनाएको थियो भने सी युवा क्लब ले २ गोल बनाएर विजय हासिल गरेको थियो ।
सी युवा क्लबका खेलाडीहरु सन्तोष सी, अशान्त सी, टपेन्द्र सी, दिलिप सी, भरत सी, अमीर सी, करन सी, असिपुरन सी, सजित सीरहेको टिममा सन्तोष सीले आफ्नो टीमको पक्षमा दुई गोल बनाएर सी युवा क्लवलाई विजय गराएका हुन् ।
सुरुवाती चरणको पहिलो खेल सी युवा क्लव ख र क मुसुरिया एकेडमी बीच चलेको थियो । खेल प्रतियोगितामा १८ टीमको सहभागिता रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु