नेपालमा अमेरिकी साम्राज्यवाद छिरिसक्यो !

२०८० जेष्ठ २० गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सीले नेपालमा अमेरिकि साम्राज्यवाद आइसकेको बताएका छन् । शनिबार घोराहीको साइ मन्दिरमा नेकपा पुर्वी दाङको पार्टी सदस्यहरुको एरिया स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता प्रदिप सीले उक्त कुरा बताएका हुन् ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता प्रदिप सीले भने– ‘नेपालमा अमेरिकी साम्राज्यवादले आफ्नो प्रभाव जमाइसकेको छ । अमेरिकाले राष्ट्रघाती सम्झौता एमसिसी मार्फत देशका विभिन्न भागमा आफ्नो प्रभावलाई मजबुत बनाइरहेको छ । हामिले सुरुमै भनेका हौं एमसिसी पास गर्नु हुँदैन यो राष्ट्रघाती परियोजना हो । अहिले यो देशका शासकहरुले जनतालाइ दिग्भ्रमित बनाउने प्रयास गरिरहेका छन् तर यो सरासर झुट कुरा हो । अमेरिकाले सैन्य हस्तक्षेप बढाउन हरसम्भव प्रयास जारी राखेको छ । यतिबेला सबै इमानदार , देशभक्त , प्रगतिशील , बामपंथी , सच्चा कम्युनिस्ट र लोकतान्त्रिक शक्तीहरु एकताबद्ध भएर राष्ट्रिय स्वाधीनताको लडाइँ लड्ने बेला आएको छ ।’
संसदीय व्यवस्थाको संकटले राष्ट्र र जनताको जीवन बर्बाद हुने दिशातिर गइरहेको छ । उनले थपे , ‘ अहिलेको बिधमान व्यवस्थाको संकटले जनता र राष्ट्रको जीवन दिनप्रतिदिन कंगाल हुने दिशातिर गइरहेको छ । यो बेलामा सबैले सोचौं । यसको निकास भनेको यो व्यवस्थाको परिवर्तन गर्नु हो त्यसका लागि हाम्रो पार्टी समाजवादी मोर्चा बनाएर संकटको निकासका लागि छलफल गर्न तयार छ । हामी एकताबद्ध हुनैपर्छ । हामी सच्चा कम्युनिस्ट , बामपंथी , लोकतन्त्रवादीहरुको विचमा बृहत मोर्चाबन्दी गर्न चाहान्छौ तर त्यसको एउटै सर्त हो कि देशलाइ निकास दिनका लागि व्यवस्था फेरौ । वैज्ञानिक समाजवादी राज्यव्यवस्थाले मात्रै अहिलेको संकटको निकास दिन सक्छ । हामी समाजवादका लागि सबैसँग सहकार्य हातेमालो गर्दै अघि बढ्न चाहान्छौँ ।’
पार्टी सदस्यहरुलाइ प्रशिक्षण दिदै नेता प्रदिप सीले अब जनआधारित पार्टी र जनअनुमोदित नेता-कार्यकर्ताको अबधारणा अनुसार पार्टी अगाडि बढ्ने समेत बताए । गाउँगाउँमा धृबिकरणको लहर चलेको छ , उनले थपे ‘अब पार्टीलाई जनताको हृदयको पार्टी बनाउनुपर्छ । हाम्रो हाम्रो सपना , आदर्श , मूल्य , मान्यताबाट बिचलित हुनुहुँदैन । हामी सहि बिचार र असल नेतृत्व छ त्यसैले हामी पक्कै जित्नेछौँ । नेपाली जनताले सदियौदेखी देखेको मुक्तीको सपना हामी पूरा गरिछाड्नेछौँ ।’
नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सीको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षणमा नेकपाका केन्द्रीय सदस्य तथा पुर्वी दाङका इन्चार्ज सम्झना सी , नेकपाका केन्द्रीय सदस्य तथा पस्चिम दाङका इन्चार्ज प्रदिप सी , नेकपा पुर्वी दाङका सचिव जनक सी , अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य अशोका सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य द्वय दिनेश सी र खिम बहादुर सी , थारु मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य चुलुवा सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य जंग रेउले , अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य खुमन सी , युवा संगठन नेपालका पुर्वी दाङ जिल्ला अध्यक्ष पदम सी , अखिल (क्रान्तिकारी) पुर्वी दाङका संयोजक दिपक सी लगाएतको आतिथ्य रहेको थियो ।
उक्त प्रशिक्षण कार्यक्रमको संचालन नेकपा पुर्वी दाङका नेता महान सीले गरेका थिए भने अध्यक्षता नेता किसन सीले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु