तातोपानी भन्सारबाट लक्ष्यभन्दा ज्यादै कम राजस्व सङ्कलन

२०८० जेष्ठ १४ गते, आईतवार


काठमाडौँ । तातोपानी भन्सारबाट लक्ष्यभन्दा ज्यादै कम राजस्व सङ्कलन भएको छ । तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले आर्थिक वर्ष २०७९\८० को वार्षिक लक्ष्य रु चार अर्ब ३२ करोड ९५ लाख ७५ हजार रहेकामा वैशाखसम्मको असुली रु दुई अर्ब ५४ करोड १४ लाख दुई हजार चार सय ८२ सङ्कलन भएको बताए । उनका अनुसार वैशाखसम्मको लक्ष्य रु तीन अर्ब ८१ करोड ४५ लाख ७० हजार रहेको थियो ।
हालसम्म ६६ दशमलव ६६ प्रतिशत प्रगति भएको उनले जानकारी दिए । गत वर्षको तुलनामा केही प्रतिशत प्रगति देखिए पनि खासै प्रगति हुन नसकेको उनको भनाइ छ । तातोपानी नाकाबाट विसं २०७२ को भूकम्पअघि दैनिक डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो । यसपछि २०७६ जेठ १५ गते पुनः सञ्चालनमा आए पनि सो नाका विभिन्न प्राकृतिक अवरोधले पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार