परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व विषयक अन्तर्किया सम्पन्न

२०७९ चैत्र १७ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्यनिस्ट पार्टी निकट श्रमिक समुदाय केन्द्रिय विभागले उदयपुरमा बिहिवार परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व विषयक अन्तर्किया सम्पन्न गरेको छ।समाजमा जातीय बिभेद र छुवाछूत प्रथाका कारण विभिन्न सामाजिक समस्यहरु बढ्दै गएको बेला हजारौं वर्षदेखि बिधमान जात व्यवस्थाबाट मुक्तिका लागि सरोकारवालाहरुको ध्यानाकर्षण गर्न र राज्यलाई दवाब दिने उदेश्यले अन्तर्कृया कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका अध्यक्ष तथा तथा श्रमिक समुदाय केन्द्रिय बिभाग ईन्चार्ज सन्तोषी सीले जात ब्यबस्था सामन्तवादको उपज भएकोले यसले बिगत ३००० बर्ष देखि मानब जीवनलाई अन्धकारमा बाँच्न बनाएरको भन्दै नेपालीले नेपालीलाई दलित भनेर श्रमको आधारमा अछुतको दर्जा दिएर जसरी पछाडि पारिएको छ त्यसको विरुद्धमा ६० लाख श्रमिक समुदायले एक ठाउँमा संगठित हुनु जरुरी रहेको बताइन।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा बैकल्पिक केन्द्रिय सदस्य प्रयास सीले ब्राह्मणवादी सोच बिचारको कारणले गर्दा अझै पनि देशमा छुवाछूत नहटेको कुरा स्पष्ट पार्दै दश बर्षको महान जनयुद्धमा ११०० सय दलितहरुले आफ्नो अधिकारको लागि बलिदान गरेको कुरा स्मरण गराउदै अझै नेपालमा उत्पीडित बर्गको अधिकार सुनिश्चित नभएको, मान्छे मान्छे सरह बाच्न नपाएकोले यो सामाजिक ,आर्थिक, राजनीतिक संरचना बदल्नु अनिवार्य रहेको बताए।
अन्तर्कृयामा नेकपा उदयपुर जिल्ला ईन्चार्ज अमृत सी ,जिल्ला सेक्रेटरी जीत बहादुर सी,प्रतिनिधि समिति सदस्य मिन प्रसाद सी ,श्रमिक समुदायका केन्द्रिय सदस्य राम कृष्ण सीको उपस्तिथि रहेको थियो।- अनिता गजमेर

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार