राम नवमी मेलामा दुर्घटना: ३५ जनाको मृत्यु

२०७९ चैत्र १७ गते, शुक्रबार


काठमाडौं । भारतको इन्दौरमा राम नवमी मेलामा भएको दुर्घटनामा मृत्यु हुने ३५ जना पुगेका छन् । मन्दिरको इनार ढाकेको ढक्कन भत्किँदा उनीहरु इरानरमा खसेका थिए । यो दुर्घटनामा परेकामध्ये आज बिहानसम्ममा ३५ जनाको शव निकालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अझै १ जना हराइरहेका छन् । १८ जनालाई भने जिवितै उद्धार गरिएको हो ।
भारतीय प्रधानमन्त्र नरेन्द्र मोदीले घटनाप्रति दुख व्यक्त गरेका छन् । भारतले सरकारले मृतकका आफन्तलाई २ लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेको छ ।

प्रतिक्रियाहरु