आरएनसी ट्रेनिङ कम्पनी अछामका प्रमुख र सहायक प्रमुख पक्राउ

२०७९ चैत्र १२ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता र प्रहरीको संयुक्त टोलीले ठगी धन्दा गर्दै आएको आरएनसी ट्रेनिङ कम्पनी अछामका प्रमुख र सहायक प्रमुखलाई पक्राउ गरेको छ । बिहीबार विशेष सूचनाका आधारमा उनीहरुले बसोबास गर्दै आएको कार्यकक्षमा छापा मारेर डडेल्धुराकी प्रिती ऐरी र कञ्चनपुरकी राजमती ऐरीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । आरएनसी ट्रेनिङ कम्पनी नाम गरेको उक्त संस्थाले अछामका ग्रामिण बस्तीका सोझासाझा युवायुवतीहरुलाई जागिर लगाई दिने प्रलोभन देखाउँदै आर्थिक रकम असुली गर्ने गरेको पाइएको नेकपाका अछामका जिल्ला सचिव लोकेन्द्र शाहीले जानकारी गराए ।
महिनाको १६ हजार तलब दिने प्रलोभनमा पारी प्रत्येक युवायुवतीहरुबाट २० देखि २५ हजारसम्म लिएर तीन महिनासम्म तलब भत्ता नदिएको भन्ने सूचनाका आधारमा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता र प्रहरीको संयुक्त टोलीले उनीहरुले बसोबास गर्दै आएको कार्यकक्षमा छापामारे पछि कुनै पनि सेवा सुविधा नदिएको खुल्न आएको हो । आरएनसी ट्रेनिङ कम्पनी नाम गरेको संस्थामा काम गर्ने युवायुवतीको संख्या ४० जना भन्दा बढी रहेको छ ।

संस्थामा काम गर्न थालेको तीनदेखि पाँच महिनासम्मको सेवा सुविधा नपाएको युवायुवतीहरुले गुुनासो गरेका छन् । पीडित पक्षले आफ्नो तीन महिनाको सेवा सुविधा र २० हजार असुल भर्पाइ गरि पाउ भनि प्रहरीमा जाहेरी दर्ता गरे पछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी गराएको हो । नेपाल कम्युनिस्ट पार्टी अछामका जिल्ला सचिव लोकेन्द्र,पार्टीका जिल्ला सदस्य कबिन्द्र,अखिल (क्रान्तिकारी) का जिल्ला इन्चार्ज दिपेन्दरु, मंगलसेन प्रहरी चौकीका इन्चार्ज, पत्रकार र व्यापारी लगायतको संयुक्त टोलीले छापा मार्ने कार्य गरेको हो । – खेमराज बुढा

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार