अखिल क्रान्तिकारीद्वारा स्ववियु विशेष प्रशिक्षणको आयोजना , महासचिव विप्लवले सम्बाेधन गर्ने

२०७९ माघ २२ गते, आईतवार


काठमाडौँ । अखिल क्रान्तिकारीले पर्सि मंगलबार (माघ २४ गते ) स्ववियु विशेष केन्द्रिय प्रशिक्षण गर्ने भएको छ । उक्त प्रशिक्षण कार्यक्रमको उध्घाट्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले गर्ने अखिल क्रान्तिकारीले जनाएको छ। शिक्षामा निजीकरण र व्यापारीकरण बन्द गर!, जनताका लागि सर्वसुलभ र समान शिक्षाको व्यवस्था गर!! भन्ने मुख्य मुद्दा लिएर आन्दोलनरत अखिल क्रान्तिकारीले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा संगठनका शैक्षिक मुद्दाहरूबारे विद्यार्थी नेताहरूलाई प्रशिक्षित गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेको बताइएको छ ।
मङ्गलबार बिहान ११ बजेबाट त्रिभुवन बिश्वबिधालय केन्द्रिय कार्यालयको अडिटरियम हल किर्तिपुरमा हुने स्ववियु निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा चुनावी एजेन्डा के हुने, अबको विद्यार्थी आन्दोलन र शैक्षिक आन्दोलनका ठोस मुद्दाहरु के के हुने र निर्वाचनलाई कसरी निष्पक्ष र स्वतन्त्र बनाउने भन्ने बारे प्रशिक्षण गर्न लागेको बताइएको छ । माघ २४ गते हुने भनिएको स्ववियु केन्द्रित प्रशिक्षणमा देशभरका अखिल (क्रान्तिकारी) का विद्यार्थी नेताकार्यकर्ता सहभागी हुने बताइएको छ।
स्मरणीय छ – त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते ६१ ओटा आङ्गिक क्याम्पस र १ हजार ४० ओटा सामुदायिक / सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन गर्ने तय गरिसकेको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु