पत्रकार वस्याल रिहा

२०७९ माघ १२ गते, बिहीबार


काठमाडौँ । गैरकानुनी रुपमा हिरासत पुर्याईएका जाजरकोटका पत्रकार २५ दिनपछि वुधवार रिहा भएका छन । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य कर्णवहादुर वस्याललाई प्रहरीले गैरकानुनी ढंगले गिरफ्तार गरेर पौष १७ गते हिरासत पुर्याएको थियो । नेपाल कम्युनिष्ट पार्टीको विचारसंग आस्था राख्ने जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य वस्याललाई एक जना शिक्षकलाई कालो मोसो दलेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
नेकपाले आफ्नो पार्टीले कुशे गाउँपालिका, ४ स्थित भानुभक्त माध्यामिक विद्यालयका प्रधानाध्यापक रण बहादुर शाहीलाई कालोमोसो दलेको घटनामा सहभागी भएको शङ्काको आधारमा अनुसन्धान गर्नु पर्ने भन्दै बस्याललाई प्रहरीले पक्राउ गरेको थियो। नेपाली काँग्रेस कुशे गाउँ कमिटीका सचिव समेत रहेका शिक्षक शाहीले विद्यालयमा भ्रष्टाचार तथा अनियमिता गरेको आरोपमा नेकपाले कार्वाही गरेको थियो । नेकपाका जाजरकोट जिल्ला सेक्रटरी विराजनले दिएको जानकारी अनुसार पत्रकार वस्याललाई जिल्ला अदालतको आदेशमा बुधबार रिहा गरिएको हो । रिहाई पछि पत्रकार वस्याललाई नेकपा, जाजरकोटले खाँदा सहित टीका लगाएर स्वागत गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु