पाका नेता जितबहादुर खड्का नेकपामा प्रवेश

२०७९ पुष २२ गते, शुक्रबार

काठमाडौं । आफ्नो जीवनकालमा पुरा समय निजामती कर्मचारीमा काम गर्दै हाल सेवानिबृत्त त्रि.न .पा ३ नम्बर वार्डका जितबहादुर खड्का नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छ्न। उनलाई एक कार्यक्रममा जिल्ला इन्चार्ज,सेक्रेटरीले स्वागत गरी पार्टीमा प्रवेश गराएका थिए।
उनि लामो समय सम्म निजामती कर्मचारीमा काम गर्दै आएका र हिजो दश बर्ष जनयुद्धमा नेपाल कम्युनिस्ट पार्टी माओवादीमा आबद्ध भएर काम गर्दै आएको र माओवादीको नाममा अहिले दलालहरुले लुटि खाने भाडो बनाएर आज देशमा ठुलो संकट आई पर्दा पनि सत्ता र कुर्सीको लोभमा आफ्नो ईतिहासलाई बिर्सेर दलाल संसदीय ब्यबस्थालाई नै मलजल हुने गरि आज आफै दलाल र भ्रष्टाचारमा लिप्त भएर सहिदको रगतको अपमान गर्दै देशलाई नै बिदेशी करण गर्न लिप्त भएका प्रचण्डले अब क्रान्ति गर्न नसक्ने भन्दै एक कार्यक्रमको बिच नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए । उनलाई पार्टीमा स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा उदयपुर ओखलढुंगा जिल्लाका ईन्चार्ज र जिल्ला सेक्रेटरीले अबिर खादा लगाएर पार्टीमा प्रबेश गराएका थिए। सोही कार्यक्रममा जिल्ला इन्चार्ज विवेक सीले जतिसक्दो छिटो सामाजिक दलाल संसदीय व्यवस्थाको समुलनस्ट गरी बैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्नुपर्ने भएकोले सिंगो देश एकीकृत जनक्रान्तिमा हुमिनुपर्ने धारणा राखेका थिए र जितबहादुर खड्काले समयमै बुझेर पार्टी प्रवेश गरेकोमा धन्यवाद दिदै स्वागत गरेका थिए। – अनिता गजमेर

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु