नेकपा कालिकोटद्वारा जनसम्वन्ध विस्तार अभियान सुरु

२०७९ पुष १९ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले ’दलाल पुजिवादी विकृतिकाे भण्डाफाेर गराै – जनजागरणसहित जनसम्वन्ध विस्तार गराै `भन्ने मुलनारासहित अभियानको सुरु गरेको छ। जिल्लाको लालुस्थित ठाटीकोटबाट मंगलबार सो अभियान सुरु गरिएको हो । नेकपा र पार्टीसम्बद्ध विभिन्न जनवर्गीय संघ – संगठनहरुलाई सुदृढ र विस्तार गर्ने उदेश्यले शुरु गरिएको अभियानको औपचारिक उध्घाटन जिल्ला सेक्रेटरी साहासीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै सेक्रेटरी साहासीले विद्यमान दलाल संसदिय व्यवस्था नै अहिले नेपाली जनताकाे शान्ति ,समानता ,स्तन्त्रता ,स्वभिमान र ,समृद्धिकाे मुख्य वाधक भएकाे बताए । अहिलेको संसदिय व्यावस्थाले जनताका निम्नतम स्वास्थ्य सेवा र शिक्षाको अधिकार समेत खोसेको भन्दै उनले भनेका छन- अहिलेको व्यावस्थाले समाजमा विकृतिकाे विकास वाहेक अरु केही नगरेकाे र लाेकतन्त्रको नाममा लुटतन्त्र मच्चायएर असली राष्ट्रघाती जनविराेधी नाङगाे चरित्र प्रर्दशन गरेका छ, अबको आबश्यकता दलाल संसदिय प्रतिकृयावादी व्यावस्थाकाे शुद्धीकरण वा पर्नरसंरचना होइन कि नेपाली जनताकाे मुक्तिकाे निम्ति नयाँ र वैकल्पिक व्यवस्थाको रुपमा वैज्ञानिक समाजवादकाे स्थापना आवश्यक रहेकाे उल्लेख गरेका छन।
त्यस्तै कार्यक्रममा अतिथिको आशनबाट बोल्दै नेकपा कालिकोटका नेता धरातल सीले अभियानकाे मुख्य राजनीतिक र साङ्गठनिक लक्ष्य ,उद्वेश्य बारे प्रस्ट पारेका थिए।
नेपाल कम्युनिस्ट पार्टी कालिकोटका सचिवालय सदस्य अर्जुन सीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अनेरास्वविय क्रान्तिकारीका केन्द्रिय सदस्य धनराज सि, नेकपा कालिकाेट जिल्ला सदस्यहरु रक्तिम सि, विजय सि ,राधिका सि लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु