नेकपा मकवानपुरले दुई महिने अभियान सन्चालन गर्ने

२०७९ मंसिर १९ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको समिक्षात्मक । बैठकले दुई महिने संगठन बिस्तार तथा सुदृढीकरण अभियान सन्चालन गर्ने निर्णय गरेको छ ।जिल्ला सेक्रेटरी सुर्य सीको अध्यक्षतामा बसेको बैठकमा गत मंसिर ४ गतेको संघ र प्रदेश सभाको निर्वाचन खारेज सम्बन्धि समीक्षा गरिएको छ । संसदीय चुनाव खारेज अभियानमा प्रचारात्मक र संघर्षात्मक कार्य भएको थियो । जसको कारण जिल्लाभरी मतदाता नामावलीमा भएको संख्याको आधा भन्दा कम मत मात्र खसेको देखिन्छ । यसर्थ संसदवादी पार्टी र व्यक्ति प्रतिको जनविश्वास कम भएको तथ्य बैठकले उजागर गरेको छ । विकल्पको रुपमा स्थानीय तहको चुनाव र हालै सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा केही स्वतन्त्र व्यक्तिहरुको उदय भएको देखिए तापनी त्यही नै अन्तिम विकल्प नभएकाले र ती व्यक्तिहरु पनि संसदवाद र साम्राज्यवादका एजेन्डा भएकाले नेकपा नै अबको विकल्प हो भन्ने कुरा जनतामा स्थापित गराउन अभियान सन्चालन गर्ने निर्णय गरेको छ । संगठन बिस्तार तथा सुदृढीकरण अभियान दुई महिना चलाउने निर्णय गरेको छ । राम सी, सुर्य सी र विवेक सीको नेतृत्वमा तीन टोलिमा विभाजन गरि अभियान चलाउने निर्णय बैठकले लिएको छ । साथै बैठककै बिचमा नेकपा मकवानपुरद्वारा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीकी ममतामयी आमा आशिका देविप्रती श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रती गहिरो समवेदना प्रकट गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु