सुकुम्वासीद्वारा काठमाडौं महानगरपालिका घेराउ

२०७९ मंसिर १३ गते, मंगलवार

काठमाडौं । सुकुम्वासीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । महानगरपालिकाले सोमबार थापाथलीस्थित बागमती किनारको सुकुम्वासी बस्ती उठाउन खोजेपछि विभिन्न ठाउँमा सरकारी जमिन अतिक्रमण गरी बस्दै आएकाहरु एकजूट भई महानगरपालिका घेर्न पुगेका हुन । सुकुम्वासीहरु ठूलो संख्यामा रहे पनि नेपाल प्रहरी भने मुकदर्शक बनेको छ । माथिको आदेश भन्दै प्रहरीले महानगरपालिकालाई असहयोग गरेको छ भने सुरक्षामा नगर प्रहरी मात्रै तैनाथ गरिएको छ ।
यसैबीच, काठमाडौं महानगरपालिकाले थापाथलीमा सोमबार भएको झडपमा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरु विरुद्ध जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंमा उजुरी गरेको छ । हतियारसहित आक्रमण गरी नगर प्रहरीलाई घाइते बनाउनेहरु विरुद्ध महानगरले किटानी उजरी गरेको हो । सुकुम्वासीहरुको आक्रमणबाट महानगर प्रहरी बल प्रमुख राजु पाण्डे सहित १८ जना नगर प्रहरी घाइते भएका थिए । महानगरले नगर प्रहरी शर्मिला बोगटीलाई कब्जामा लिएर निर्घात कूटपिट गरेको र उनीसहित तीन जना नगर प्रहरीलाई उपचारका लागि आईसीयुमा राख्नुपरेको जनाएको छ । .
अनधिकृत संरचना हटाउन कानुन बमोजिम काममा खटिएका नगर प्रहरीहरूमाथि सांघातिक आक्रमण गर्नेहरूलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न महानगरले माग गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु