एमसीसी अन्तर्गत बन्ने प्रसारणलाइनको ठेक्का आह्वान

२०७९ मंसिर १२ गते, सोमबार


काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले प्रसारणलाइनको ठेक्का आह्वान गरेको छ । पूर्वनिर्धारित तालिकाअनुसार एमसीएले तीन वटा प्याकेजमा ठेक्का आह्वान गरेको छ । नेपाल सरकार र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच २०२३ को अगस्ट (२०८० को साउन/भदौ)देखि आयोजना कार्यान्वयन गर्ने सहमति भएअनसार टेन्डर भएको हो । करिब ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत प्रसारणलाइन तथा तीन वटा ४०० केभी क्षमताका सब–स्टेसन निर्माण गर्न टेन्डर भएको हो ।
एमसीए नेपालका प्रवक्ता राजीव दाहालका अनुसार लप्सीफेदी–रातमाटे–हेटौंडा ११७ किलोमिटर, रातमाटे–न्यू दमौली ९० किलोटिमर र न्यू दमौली–न्यू बुटवल ९० किलोमिटरको खण्डको ठेक्का भएको छ । दाहालका अनुसार न्यू दमौली–न्यू बुटवल ९० किलोमिटर खण्ड बनाउनेले न्यू बुटवलदेखि भारतीय सीमासम्म बनाउने गरी ‘अप्सन’मा राखिएको छ ।
‘भविष्यमा न्यू दमौली–न्यू बुटवल खण्ड बनाउनेले नै भारतीय सीमासम्मको १८ किलोमिटरको खण्ड बनाउन दिन सकिने गरी टेन्डर आहन गरेका छौं’ उनले भने । निर्धारित समयमा निर्माण सुरु हुन नसकेकाले आयोजनाको लागत बढेका कारण १७ किलोमिटरको खण्डलाई एमसीएले ‘अप्सन’मा राखेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु