डेंगुवाट कसरी बच्ने ?

२०७९ आश्विन ९ गते, आईतवार


काठमाडाैं । काठमाडौँ उपत्यकासहित देशैभर डेंगु फैलिरहेको छ । कम्तीमा असोज अन्तिमसम्म डेंगु फैलने क्रम नरोकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुमान छ । यसपाली डेंगी रोक प्रकोपकै रुपमा फैलिएको छ । सन् २०१९ पछि डेंगुले प्रकोपको रुप लिएको यसपाली मात्रै हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन अरु सामान्य ज्वरोभन्दा फरक खालको ज्वरो आउने भएकाले डेंगु संक्रमण भएको हुन सक्ने अनुमान गर्न सकिने बताउँछन् । ज्वरो, शरीरका मांशापेशीहरु दुख्ने, आँखाको गेडी दुख्ने र वाकवाकी लाग्ने डेंगुका मुख्य लक्षण भएको डा. पुनको भनाई छ । उनका अनुसार डेंगु संक्रमण हुँदा कसैकसैमा पखाला पनि लाग्छ । तर, यो रोगक एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन ।
डेंगु फैलाउने लामखुट्टेले सामान्यतया ८ दिनदेखि १२्र दिनसम्ममा संक्रमण सार्न सक्छ । प्रजनन् अवधिमा यस्तो लामखुट्टेलाई धेरै प्रोटिन चाहिने भएकाले एउटै लामखुट्टेले धेरै मानिसलाई टोक्ने गर्छ । त्यसैले एउटै लामखुट्टेले धेरै जनालाई डेंगी सार्न सक्ने डा. पुनको भनाई छ । डेंगु संक्रमण गराउने ४ खालका भाइरसहरु हुन्छन् । डीईएनवी १, डीईएनवी २, डीईएनवी ३ र डीईएनवी ४ । त्यसैले यी ४ खालका भाइरसहरु मध्ये कुनै एक भाइरस मार्फत एक पटक संक्रमित भएको व्यक्तिमा सामान्यतया अर्कोपटक संक्रमित हुँदैन । तर, सेरोटाइप फरक भएर डेंगु पुनः फैलिएमा दोहोरिन सक्छ । दोहोरिँदा झन कडा लक्षण देखिन्छ ।
दशैँका समयमा तुलनात्मक रुपमा अरु समयमा भन्दा मानिसहरुको चहलपहल बढ्छ । चहलपहलसँगै घरबाट निस्कने फोहोर पनि बढ्छ । त्यस्तो फोहोरमा लामखुट्टे बस्ने जोखिम हुन्छ ।
त्यसैले डा. पुनले दशैँको समयमा सरसफाइमा ध्यान दिन अनुरोध गरेका छन् । दशैँको समयमा घर वरपर सरसफाई गर्ने, पानी जम्न नदिने, साना साना खाल्डाखुल्डी छन् भने पुर्ने लगायतका उपाय अपनाईयो भने डेंगु संक्रमण हुनबाट बच्न सकिने डा. पुनका सुझाव छन् । यसको मुख्य उपाय चाहिँ पूरै बाहुला भएका कपडा लगाउने र झुलभित्र मात्रै सुत्ने हो । त्यति मात्रै नभइ, यदि संक्रमण भएको शंका लागेमा वा संक्रमण पुष्टि भएमा जस्तै ‘पेन किलर’ जस्ता नखान र झोलिलो खानेकुरा र जीवनजल पानीमा जोड गर्न डा. पुनले सुझाएका छन् । पेन किलर जस्ता औषधिले नाक र आँखासहित अन्य भित्री अंगमा यस्तो बेला समस्या पार्न सक्ने भएकाले झोलिलो खानेकुरामा बल गर्नु उचित्त हुने डा. पुनको सुझाव छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु