शिक्षा प्रमुख खनाललाई कालोमोसो

२०७९ आश्विन ६ गते, बिहीबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारीले) बर्दियाले मधुवन नगरपालिका शिक्षा प्रमुख नारायण प्रसाद खनाललाई कालोमोसो दलेर कारबाही गरेको छ। सो संगठनले मधुवन नगरपालिका शिक्षा शाखा प्रमुख खनालले मनोमानी ढंगले शिक्षक नियुक्ति, सरुवा- बढुवामा लाखौं कमिसन असुली गरेको र कमिसन लिएर कर्मचारी नियुक्ति र बर्खास्त गरेको आरोपमा कालोमोसो दलेर कारबाही गरेको बताएको छ ।
अखिल (क्रान्तिकारी) का बर्दिया जिल्ला अध्यक्ष हरि प्याकुरेलले बिज्ञाप्तीमार्फत मनोमानी ढंगले साउन २६ गते सुक्र माध्यमिक बिधालयमा बिषयको शिक्षक नियुक्ति गर्दा दक्ष , प्रतिष्पर्धी हुदाहुदै शिक्षा प्रमुखले आफ्नो श्रीमतीको नाम निकालेको र प्रश्नपत्र टाइपिङ गर्दा विद्यालयको कम्प्युटर शिक्षकले गर्नु पर्नेमा शिक्षा शाखामा प्रश्नपत्र टाइप गरेको र विशेषज्ञको प्रश्नपत्र भन्दा फरक गरिएको , उतर पुस्तिकामा कोडिड- डिकोडिङ नगरिएको र उतर पुस्तिका परिवर्तन गर्ने वातावरण मिलाइएको साथै परिक्षार्थिको हाजिर नगरिएको आरोप लगाईएको छ।
शिक्षा शाखाबाट विद्यालयमा बजेट बिनियोजन गर्दा कमिसन केन्द्रित गरेको मनोमानी ढंगले कमिसन लिएर कर्मचारी नियुक्ति र बर्खास्त गर्ने र कर्मचारीलाई दासको व्यवहार गरेको, जनसेवा भन्दापनि शक्तिको आडमा सेवाग्राहीमाथी पक्षपातपुर्ण व्यवहार गरेको लगायतका कार्य गरेकोले कारबाही गरिएको उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु