विद्यार्थीलाई कुटपिट गरी घाइते बनाउने शिक्षकलाई कारबाही गर

२०७९ आश्विन ३ गते, सोमबार


काठमाडौं । अखिल(क्रान्तिकारी) उदयपुरले जनता माध्यमिक विद्यालय रसुवामा कार्यरत नेपाली शिक्षक बिमानसिंह खड्काले कक्षा ९ मा पढ्दै गरेका १७ वर्षीय पुष्प बस्नेतलाई निर्ममतापूर्वक कुटपिट गरी गम्भीर घाइते बनाउने नेपाली शिक्षक खड्कालाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ । अखिल(क्रान्तिकारी) उदयपुरका अध्यक्ष मनिष बराइलीले एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। उनले
घाइते विद्यार्थीलाई सम्बन्धित निकायले सम्पुर्ण उपचार गर्न माग गर्दै दोषीलाई कारबाही र घाइतेलाई उपचार नगरेको खण्डमा आन्दोलनमा उत्रने र त्यसवाट भैपरी आउने घटनाको सम्पूर्ण जिम्वेवारी सम्बन्धित निकाय हुनुपर्ने चेतावनी दिएका छन ।

प्रतिक्रियाहरु