६८ स्थानीय तहको बजेट अझै आएन !

२०७९ श्रावण २५ गते, बुधबार


काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ असार १० मा बजेट पारित गरेर पेश गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनि ६८ स्थानीय तहले अझै बजेट सार्वजनिक गरेका छैनन् । चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना सकिन लाग्दा पनि बजेट पेस हुन सकेको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ७५३ स्थानीय तहमध्ये ६८५ स्थानीय तहले मात्र हालसम्म बजेट पेश गरेका छन् । ६८ स्थानीय तहले तोकिएको मिति नाघेको एक महिनाभन्दा बढी हुँदासमेत बजेट सार्वजनिक गरेका छैनन् ।
मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले अनिवार्य रूपमा बजेट पेश गर्नुपर्ने कानुनी व्यवस्था भए पनि धेरैले बजेट ल्याउन नसकेको बताउनुभयो । बजेट पेश नभएसम्म सार्वजनिक गरे नगरेको जानकारी नहुने भएकाले अनिवार्य रूपमा पेश गर्नुपर्छ ।
बजेट पेश गर्नका लागि दुई पटक सूचना सार्वजनिक गरे पनि ६८ वटा स्थानीय तहले बजेट पेश गर्न नसकेको उहाँले जानकारी दिनुभयो । बजेट पेश नगरेका ६८ स्थानीय तहमध्ये मधेश प्रदेशका ३९ स्थानीय रहेको मन्त्रालयले जनाएको छ । यस्तै, १३७ स्थानीय निकाय रहेको प्रदेश १ मा पाँचवटा स्थानीय तहले बजेट पेश गरेका छैनन् । ११९ स्थानीय निकाय रहेको बागमती देशमा ४ वटा स्थानीय तहले बजेट पेस गरेका छैनन् । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये एउटा स्थानीय तहले बजेट सार्वजनिक गरेको छैन । यस्तै, लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये १० वटाले अझै बजेट सार्वजनिक गरेका छैनन् । कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये चारवटाले बजेट सार्वजनिक गरेका छैनन् । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये पाँचवटाले बजेट सार्वजनिक गरेका छैनन् ।
यसरी स्थानीय तहहरूले तोकिएको समयमै बजेट तथा कार्ययोजना पेश गर्न नसक्नुले स्थानीय तहको प्रशासकीय क्षमतामै प्रश्न उठ्ने गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार