रातो मच्छिन्द्रनाथको रथयात्रा सुरू

२०७९ बैशाख २१ गते, बुधबार

काठमाडौं । ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रा आजवाट सुरू हुँदैछ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको रथयात्रा यसवर्ष भने सञ्चालन गर्न लागिएको हो । बुधबार बेलुका पुल्चोकबाट रथ तानेर गाःबहाल पुर्याइने गरिन्छ । गाःबहालका स्थानीयले पर्वकै रुपमा बुधबार भुज्याः मनाउँदछन् । वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मच्छिन्द्रनाथको रथ पुल्चोकमा राखिएको छ । पुल्चोकमा निर्माण गरिएको रथमा गत आइतबार रातो मच्छिन्द्रनाथलाई रथारोहण गरेसँगै प्रत्येक दिन दर्शनार्थीको भीड बढेको छ । पुल्चोकमा देवताको दर्शन गर्ने, बत्ती बाल्न आउने भक्तजनको घुइँचो लाग्ने गरेको छ । दर्शनार्थीको भीड बढेसँगै पुल्चोक हुँदै चल्ने सवारीसाधनलाई बुधबार पनि डाईभर्सन गरिएको छ । जावलाखेल–पुल्चोक हुँदै चल्ने गाडीलाई झम्सिखेलबाट डाईभर्सन गरी कानदेवता थान निस्कने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ । नेपालकै लामो जात्रा मानिने मच्छिन्द्रनाथको जात्रा कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष सांकेतिक रुपमा मात्र गरिएको थियो ।
यस वर्ष विगतमा झैं रथलाई पाटनको विभिन्न ठाउँमा तानेर सञ्चालन गर्न लागिएकाे छ ।

प्रतिक्रियाहरु