१७ वर्षीय किशोरद्वारा ७० वर्षीया बृद्धासंग विबाह

२०७८ फाल्गुन २१ गते, शनिबार

काठमाडौं । अमेरिकाका एक १७ वर्षीय किशोरले ७० वर्षीया बृद्धासंग बिवाह गरेका छन । किशोर भन्दा ती बृद्धा ५३ वर्ष जेठी छिन् । उनीहरुको बिवाह सन् २०१५ मा भएको थियो । त्यतिबेला ग्यारी नाम गरेका ती किशोर १७ वर्षका थिए,त्यसैगरी अल्मेडा नाम गरेकी ती बृद्धा ७० वर्षकी थिइन् । तर अहिले ग्यारी २४ वर्ष र अल्मेडा ७७ वर्ष पुगेकी छिन् । उनीहरुको बिवाहबारे आफन्तलाई थाहा भएता पनि भर्खरैमात्र यो घटना बाहिर आएको हो । यसलाई ग्यारी र अल्मेडाले नै बाहिर ल्याएका हुन् । उनीहरुको यो विबाह सार्वजनिक भएपछि सबैले यो जोडीको आलोचना गरिरहेका छन् । तर, त्यो कुराले उनीहरूलाई कुनै फरक नपर्ने बताउँछन् । आफ्नो वैवाहिक सम्बन्ध निकै राम्रो चलिरहेको र आफ्नो सम्बन्धलाई लिएर कुनै पछुतो नरहेको उनीहरूको भनाइ छ ।
बेलायती पत्रिका ‘मिरर’ का अनुसार यो जोडी पहिलो पटक सन् २०१५ मा अल्मेडाको छोरा रोबर्टको अन्त्येष्टिमा भेटिएका थिए । यो भेटपछि ग्यारी र अल्मेडाबीच कुराकानी सुरु हुन थाल्यो । त्यसको १५ दिनपछि उनीहरुले विवाह गरे । उनीहरूको विवाह सहज भने थिएन । उनीहरूले त्यस्ता ब्यक्तिहरूलाई छोडिदिए जसले उनीहरूको सम्बन्धलाई समर्थन गरेनन् । उमेर अन्तरालले उनीहरूको वैवाहिक जीवनमा कुनै असर नपरेको र अल्मेडा आफ्नो जीवन साथी रहेको ग्यारीले बताएका छन् ।अल्मेडा पनि ग्यारीसँग विवाह गरेर निकै खुशी छिन् । विवाह भएको ७ वर्ष भैसक्दा पनि परिवार र साथीहरूले उनीहरूको विवाहालाई भने अझै राम्रो मानेका छैनन् । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु