७ निर्माण कम्पनी कालो सूचीमा

२०७८ माघ ६ गते, बिहीबार


काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौंले समयमै काम नसक्ने ७ निर्माण कम्पनीलाई बुधबार कालोसूचीमा राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गतको कार्यलयले गरेको उक्त निर्णय अनुसार कालो सूचीमा पर्ने कम्पनी र व्यक्तिहरुमा बालन ब्रदर्श कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि तुलसीपुर ६ दाङ जसका मुख्य व्यक्ति जगराज बालन योगी रहेका छन् । उक्त कम्पनीलाई १ वर्ष कालो सूचीमा राखिएको छ ।
वरदनन कन्सल्टेन्ट एण्ड कन्स्ट्रक्सन प्रालि जडिबुटी ३२ काठमाडौं जसका मुख्य व्यक्ति तिलक पाण्डे रहेका छन् । यो कम्पनीलाई १ वर्ष कालोसूचीमा राखिएको छ । डाइनोग्नोकेम–जसशम्भू जेभी काठमाडौं महानगरपालिका ५ हाँडी गाउँ जसका मुख्य व्यक्ति बिज्ञान कुमार अर्याल रहेका छन् । यो कम्पनीलाई २ वर्ष कालो सूचीमा राखिएको छ । खग्रीन टेक प्रोजेक्ट प्रालि अनामनगर काठमाडौं, जसको प्रमुख व्यक्ति निहाल गुरुङ रहेका छन् । यो कम्पनीलाई २ वर्ष कालो सूचीमा राखिएको छ ।
त्यस्तैगरी कालोसूचीमा पर्ने कम्पनी र व्यक्तिहरुमा एस एन सी निर्माण सेवा प्रालि राप्ति सोनारी ८ बाँके चेतबहादुर बुढा मुख्य व्यक्ति रहेका छन् । जसको कालो सूची अवधि १ वर्ष रहेको छ । शाह निर्माण सेवा लुम्बिनी साँस्कृतिक नगरपालिका २ रुपान्देशी मुख्य व्यक्ति इनामुल्लह फकिर रहेका छन् । उक्त कम्पनीलाई १ वर्ष कालो सूचीमा राखिएको छ । त्यस्तै आरोग्य कन्स्ट्रक्सन प्रालि काठमाडौं महानगरपालिका काठमाडौं महाराजगञ्ज रञ्जन रायमाझी मुख्य व्यक्ति रहेका छन् । उक्त कम्पनीलाई कालो सूचीमा ३ वर्ष राखिएको छ ।
कालो सूची अवधिभर निर्माण कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्ने छैनन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार