सर्वोच्च अदालतको पूर्ण (फुलकोर्ट) बैठक बस्दै

२०७८ माघ ४ गते, मंगलवार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको फुल कोर्ट बैठक बोलाएका छन । तर उक्त फुल कोर्ट बैठकमा स्वयं जबरा भने सहभागी नहुने बताइएको छ । कोरोना संक्रमण देशव्यापी रुपमा नै बढेको र सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीशदेखि कर्मचारीमा कोरोना संक्रमण देखिएको अवस्थामा ‘आवश्यक निर्णय’ गर्न भनी फुल कोर्ट बोलाइएको बताइएको छ ।
बैठकमा सहभागी नभए पनि बैठकले गरेको निर्णय कार्यान्वयनका लागि प्रधानन्यायाधीश जबराले हस्ताक्षर भने गर्ने बताइएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु