लास जलाएपछि खरानीको सुप बनाएर पिउने चलन !

२०७८ माघ ३ गते, सोमबार

काठमाडौं । दक्षिण अमेरिकाका आदिवासी यानोमामी समुदायमा मानिसको मृत्युपछि लास पोलेर खरानीको सुप बनाएर खाने चलन छ । कतिपय रिपोर्ट अनुसार त यो समुदायमा मृतक मानिसको मासु पनि खाने चलन छ । यो जनजाति समुदायलाई यानम वा सेनेमा पनि भनिन्छ । दक्षिण अमेरिकाका ब्राजिल, भेनेजुलयलालगायतका देशमा यो आदिवासी समुदायको बसोबास छ । यस समुदायको सभ्यता पश्चिमी सभ्यता पश्चिमी सभ्यताभन्दा विल्कुलै फरक छ । यो समुदायमा मृत्यु संस्कार निकै निकै अनौठो छ जसलाई एन्डोक्यानिबेलिज्म भनिन्छ । जस अन्तरगत मानिसहरुले आफ्नो परिवारका मृतक व्यक्तिको मासु खाने गर्दछन् । यो जनजातिमा कुनैपनि व्यक्तिको मृत्यु भएपछि लासलाई पातपतिंगर वा अन्य चिजवीजहरूले ढाकेर राखिन्छ । परिवारका सदस्यले मासु खाएर बँचेको सरीरको भाग जलाइन्छ र त्यसरी जलाएर बनेको खरानीको सुप बनाएर पिउने गरिन्छ ।
मृत्युपछि मृतकको आत्माको रक्षा गर्नुपर्दछ भन्ने मान्यतामा यो समुदायमा यस्तो डरलाग्दो अन्तिम संस्कारको चलन रहिआएको छ । मृतकको शरीरलाई उसका आफन्तहरूले खाएमा मात्रै उसको आत्मालाई शान्ति मिल्ने परम्परा यो आदिवासीमा रहेको छ । कालगतिले मरेको मानिसको मासु र खरानी परिवारका सबै सदस्यले खाने तर हत्या भएको मानिसको लासको खरानीचाहिँ केवल महिलाले मात्र खाने चलन यो समुदायमा छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु