क्रिकेटका राष्ट्रिय खेलाडीमाथिको अपमानजनक कारबाही असैह्य

२०७८ पुष ७ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट नेपाल गणतान्त्रिक खेलकुद महासङ्घले क्रिकेटका राष्ट्रिय खेलाडीमाथको अपमानजनक कारबाही असैह्य भएको जनाएको छ । महासङ्घका महासचिब बिनोद चन्दले बुधबार एक बिज्ञप्ती जारी गर्दै सो कुरा जनाएका हुन् । उनले नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलाडी कप्तान ज्ञानेन्द्र मल्ल उपकप्तान दिपेन्द्र सिंह ऐरी, तिब्र गतिका बलर सोमपाल कामी र कलम सिंह एरीलाई कारबाही गरेको समाचारले महासंघको ध्यानाकर्षण भएको जनाउदै राजनैतीक अराजक र घमण्डले गर्दा नेपाली क्रिकेट करिएर नै खतरामा पर्ने देखिएकाले बेलैमा यसको समाधान गर्न आग्रह गरेका छन ।
यस बिषयमा नेपाल गणतान्त्रिक खेलकुद महासङ्घका महासचिब बिनोद चन्दले जारी गरेको प्रेस बिज्ञप्ती यस प्रकार रहेको छ – “हाम्रो खेलप्रेमी संगठन नेपाल गणतान्त्रिक खेलकुद महासंघले खेलक्षेत्रमा रहेको गलत प्रवृत्तिका विरुद्धमा तथा खेलक्षेत्र, खेलाडी, प्रशिक्षक, संघ तथा कर्मचारीहरुको हकहित, अधिकार तथा बैज्ञानिक खेल निती स्थापनार्थ चरणवद्ध संघर्षका कार्यक्रमहरु सञ्चालन गर्नुका साथै खेलक्षेत्रको बैचारिक स्तरलाई माथि उठाउन विभिन्न प्रकारका कार्यक्रमहरु र निरन्तर सञ्चालन गर्दै आइरहेको छ ।
यसै सन्दर्भमा नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय खेलाडी कप्तान ज्ञानेन्द्र मल्ल उपकप्तान दिपेन्द्र सिंह ऐरी, तिब्र गतिका बलर सोमपाल कामी र कलम सिंह एरीलाई कारबाही गरेको समाचारले हाम्रो महासंघको ध्यानाकर्षण भएको छ। नेपाली क्रिकेट अन्तराष्ट्रिय स्तरमै स्वर्ण पदक सम्भावना बोकेको खेल आन्तरिक विवाद विवादका कारण राष्ट्रिय खेलाडीहरुको अपमानजनक कारबाही गरेको छ। विगतमा पनि व्यक्तिगत स्वार्थका कारण विवाद हुदा नेपाली खेलाडी खेल्नबाट बञ्चीत थिए भने नेपाल क्रिकेट संघले प्रतिबन्धबै खेप्नु परेको थियो । यति बेला टि २० विश्वकप ग्लोबल छनोट तयारी आउन तीन महिना मात्र बाँकी हुदा उत्त छनोटको तयारीमा लाग्नुको साटो राष्ट्रिय खेलाडीहरुलाई कारवाही गर्नुले नेपाल क्रिकेट संघ क्यानप्रति प्रश्न उठेको छ । राजनैतीक अराजक र घमण्डले गर्दा नेपाली क्रिकेट करिएर नै खतरामा पर्ने देखिएकाले बेलैमा यस समस्याको सत्य तथ्य सहीत समाधान गर्न नेपाल क्रिकेट संघ (क्यान )लाई नेपाल गणतान्त्रिक खेलकुद महासंघले ध्यानकार्णण गराउन चाहान्छ। “


प्रतिक्रियाहरु