साफ यू–१९ महिला फुटबलः नेपाल र भुटान भिड्दै

२०७८ पुष २ गते, शुक्रबार

काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । नेपाल दोस्रो जितको खोजीमा हुनेछ भने भूटान पनि दोस्रो जितको खोजीमा रहनेछ । फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि दुवै टोलीलाई जितको आवश्यक छ । पाँच टिम सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा खेलाइदैछ र शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगितामा भारत ६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको आयोजक बंगलादेश र तेस्रो स्थानको नेपालको समान चार–चार अंक रहेको छ । भुटान ३ अंक जोडेदै चौथो स्थानमा रहेको छ भने लगातार तीन खेलमा हार व्यहोरेको श्रीलंका भने उपाधि होडबाट बाहिरिसकेको छ ।

प्रतिक्रियाहरु