यु- १९ साफ च्याम्पियनसिप : बंगलादेश र नेपाल भिड्दै

२०७८ मंसिर २५ गते, शनिबार


काठमाडौँ । यु- १९ महिला साफ च्याम्पियनसिप फुटबलको पहिलो खेल अनतर्गत आज आयोजक देश बंगलादेशसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको छ । बंगलादेशविरुद्ध जितको लक्ष्य लिएर नेपाली टोली मैदानमा उत्रने तयारी रहेको जनाइएको छ । बंगलादेशको ढाकामा रहेको वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा आज साँझ पौने सात बजे खेल सुरु हुनेछ ।
सिंगल राउन्ड रोबिनको आधारमा हुने उक्त आयोजक बंगलादेशसहित भारत, नेपाल, भुटान र श्रीलंका गरी पाँच टोलीको सहभागिता छ । आजको खेलपछि नेपालले दोस्रो खेल १५ डिसेम्बरमा श्रीलंकाविरुद्ध र तेस्रो खेल १७ डिसेम्बरमा भुटानसँग खेल्ने तय भएको छ । नेपालको अन्तिम खेल भने भारतसँग हुनेछ ।

प्रतिक्रियाहरु