युवा संगठन बाकेद्वारा अवैध रुपमा उत्खनन् गरिएका गिट्टी बालुवा कब्जा

२०७८ मंसिर २२ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट युवा संगठन बाँकेले अवैध रुपमा उत्खनन् गरि बिक्री हुँदै आएका ढुङगा, गिट्टी र बालुवा कब्जा गर्नुका साथै निकासी पैठारीमा समेत प्रतिबन्ध लगाएको छ । सो संगठनले राप्ती नदी किनारको खल्लाटपरी, ढलैया र टिकुलीपुरमा क्रेसर व्यवसायीहरुले अवैध रुपमा नदी किनार छेउ र सामुदायिक वनमा जम्मा गरेका ढुङगा, गिट्टी र बालुवाहरु आफ्नो संगठनले कव्जा गरेको गरेको बताएको छ । साथै संगठनले ती ठाउँहरुमा मार्चपास गर्दै “अवैध रुपमा भण्डारण गरि राखिएका गिट्टी र बालुवा जनताको सम्पति घोषणा गर” भन्ने नारा लेखिएको ब्यानर र झण्डा समेत गाँडेको छ ।
युवा संगठन नेपालले ढुङगा, गिट्टी र बालुवा भण्डारण गरिएको ठाँउ कव्जामा लिएलगत्तै एक प्रेस विज्ञप्ती जारी गरि सत्ता र शक्तिको आडमा ढुङगा, गिट्टी र बालुवा तस्करी भएको दावी गरेको छ । उसले राप्ती सोनारी गाउँपालिकाको वडा नम्वर ६ खल्लाटपरी, ढलैया र वडा नम्वर २ को टिकुलीपुर सामुदायिक वनभित्र करोडौको वनपैदावर मासी अवैध रुपमा करोडौ मुल्य पर्ने हजारौं ट्रिपर ढुङगा, गिट्टी र बालुवा रहेको भन्दै त्यो जनताको सम्पति घोषणा गर्नका लािग कव्जा गरिएको जनाएको छ ।
संगठनका जिल्ला अध्यक्ष तथा इन्चार्ज दिपक बुुढाको हस्ताक्षरमा जारी प्रेस विज्ञप्तीमा पटकपटक जिल्लाका सरोकारवाला जिल्ला प्रशासन कार्यालयसँग छलफल गर्दा पनि कुनैपनि निकायहरुले चासो नदिएकोले कव्जा गर्न बाध्य हुनु परेको उल्लेख गरिएको छ ।
युवा संगठनले विज्ञप्तीको अन्त्यमा जनताको सम्पतिको रुपमा रहेको ढुङगा, गिट्टी र बालुवा यदि कसैले चोरी निकासी गरेमा जनताको अभिमतसहित आवश्यक कार्वाही गरिने चेतावनी दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार