मोटरसाइकल चोर्ने गिरोह सार्वजनिक

२०७८ मंसिर २१ गते, मंगलवार


काठमाडौं । महानगरिय ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने सात जनाको समूहलाई सार्वजनिक गरेको छ । महाशाखाले आज पत्रकार सम्मेलन गरेर विभिन्न समयमा मोटरसाइकल हराएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ । सो समूहले चोरीका मोटरसाइकलमा विभिन्न पाटपूर्जा परिवर्तन गरेर प्रयोग गर्ने गरेको अनुसन्धानका क्रममा पत्ता लागेको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीले सवारी चेकजाँचका क्रममा चोरीका मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता सञ्जिवदास शर्माले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले यसअघि पनि विभिन्न समयमा चोरी भएका मोटरसाइकल फेला पारेर सम्बन्धीत सवारीधनीलाई हस्तान्तरतण गर्दै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार